default_image

7 years ago

July 7, 2017

मेस्सी विश्वकै सर्वाधिक कमाउने खेलाडी – बार्सिलोना अध्यक्ष बार्टोमेउ

51 views

0 Bookmark

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेस्सी टिम स्पोर्टस् (समूहगत खेल) को इतिहासमै सबैभन्दा बढी रकम पाउने खेलाडी भएको बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले दाबी गरेका छन् । मेस्सीले यसै सातामात्र क्लबसँग चार बर्षे सम्झौतामा हस्ताक्षर गरेका थिए ।

पछिल्लो समरमा मेस्सीले बार्सिलोनाको नयाँ सम्झौताको प्रस्तावलाई अस्वीकार गरेको समाचार सार्वजनिक भएको थियो । कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि निराश मेस्सीले कर छलीको आरोप पनि खेप्नु परेपछि उनी बार्सिलोनामा थप बस्न नचाहेको बताइएको थियो ।

त्यसैक्रममा मेस्सी बार्सिलोनासँगको यात्रा टुंगाउँदै नयाँ चुनौतिका लागि तयार रहेको हल्ला फिंजिएको थियो। तर, बार्सिलोनका अध्यक्ष बार्टोमेउ र क्लबका अन्य अफिसियलले भने पाँच पटकका बालोर डी ओर विजेता मेस्सी क्लबप्रति प्रतिबद्ध रहेको बताउँदै आएका थिए ।

‘नयाँ सम्झौताको प्रक्रिया निकै महिना अघि बाट सुरु भएको थियो । हामी जति बेला मेस्सीका बाबु जोर्जसँग छलफलमा बसेका थियौं,’ उनले भने,‘ सबैलाई थाहा छ पछिल्लो बर्ष मेस्सीका लागि सुखद रहेन । उनी समस्याबाट गुज्रिएका थिए ।’

अध्यक्ष बार्टोमेउले मेस्सीको अवस्थाबारे राम्रो जानकारी भएकैले केही समय धर्य गरेर छलफल अघि बढाउन चाहेको प्रष्ट पार्दै भने,‘ मैले जर्जलाई अब पुरानो सम्झौताको समय सकिन कम समय रहेको (बार्सिलोनासँगको मेस्सीको पछिल्लो सम्झौता सन् २०१८ सम्म थियो ) ले नयाँ सम्झौताको छलफल अघि बढाएको थिए ।’

नयाँ सम्झौताका विषयमा जर्जसँग कुरा गर्दा उनले छोरासँग कुरा गर्न भनेको अध्यक्ष बार्टोमेउले स्मरण गरे । ‘ केही नराम्रो भइरहेको छ भन्ने क्लबले बुझेरै मैले मेस्सीसँग उनको अवस्थाका बारेमा सोधे ,’ उनले अगाडि थपे,‘ त्यसपछि मैले उनको भविष्यका विषयमा क्लबले छलफल गर्न चाहेको बताए । मेस्सीले मलाई जवाफमा भने आफु क्लबमा रहन चाहेको र त्यसका लागि बाबुसँग कुरा गर्न भने ।’

मेस्सीका बारेमा मलाई सञ्चारकर्मीले प्रश्न गर्दा आफुले जहिले पनि राम्रै भइरहेको जानकारी दिएको उल्लेख गर्दै बार्टोमेउले भने,‘ हामीले उनलाई सम्झाउनु पर्ने केही थिएन । उनी क्लब छोडेर जान्छन् भन्ने हामीले कहिलै सोचेनौं । हामी उनका बाबुसँग छलफलमा न लामो न त छोटो समय वितायौं । छलफल एकदम सहज भयो । जर्ज कहिले रोजरिओ त कहिले बार्सिलोना बस्ने भएकाले हामीले कतिपय विषय टेलिफोनमा गर्न सक्ने अवस्थामा थिएनौं।’

मेस्सीले नयाँ सम्झौता अनुसार साताको ५ लाख ६५ हजार युरो क्लबका प्राप्त गर्ने सञ्चारमाध्यमले जनाएका थिए । यद्दपी बार्टोमेउले मेस्सीलाई दिइने रकम उल्लेख गर्न अस्वीकार गरे । तर उनले विश्वका कुनै पनि फुटबलरले मेस्सीको भन्दा बढी पारिश्रमिक नपाउने दाबी गरे ।

‘मेस्सीले कति कमाउछन् भन्ने हामी सार्वजनिक गर्न सक्दैनौं । तर विश्वकै उत्कृष्ट खेलाडीले विश्व फुटबल इतिहासमै सबै भन्दा बढी कमाई गर्छन्,’ अध्यक्षले दाबी गरे,‘ समूहगत खेलमा उनी सबैभन्दा बढी रकम प्राप्त गर्ने खेलाडी हुन् । बार्सिलोनाले उनलाई जति पारिश्रमिक दिन्छ त्यती कुनै पनि क्लबले आफ्ना कुनै पनि खेलाडीलाई दिदैन ।’

September 24, 2024

साफको लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमै अर्काे महिना आयोजना हुन लागेको साफ महिला च्याम्पियनसिपका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । महिला राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको हो । प्रारम्भिक चरणमा स्थान बनाउन सफल अधिकांश खेलाडी जारी महिला राष्ट्रिय लिगमा व्यस्त छन् । […]

September 24, 2024

चन्द्राको ह्याट्रिकमा आर्मीको फराकिलो जित

काठमाडौं(हाम्रो खेलकुद) – चन्द्रा भन्डारीको ह्याट्रिक सहयोगमा त्रिभुवन आर्मी क्लबले मंगलवार एन्फा महिला लिगमा वालिङ नगरपालिकालाई पराजित गरेको छ । आर्मी ८-० ले विजयी भएको हो। एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मीको जितमा चन्द्रा प्लेयर अफ द म्याच भइन् । चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान २ गोल गर्दा वालिङले १ गोल उपहार […]

September 24, 2024

महिला लिगमा आर्मी र वालिङ खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र वालिङ नगरपालिकाबीच आज खेल हुँदैछ । ललितपुरको सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । आर्मी ७ खेलमा १६ अंकका साथ दोस्रो स्थानमा छ । वालिङ समान खेलबाट १२ अंकका साथ चौथो स्थानमा छ । दुवै टोलीलाई अर्को चरण […]

Success

Thank you for your time.