8 years ago
July 7, 2017
एजेन्सी – स्पेनिस लिग च्याम्पियन रियल म्याड्रिडले एएस मोनाकोका युवा फरवार्ड किलियन बाप्पेलाई क्लबमा अनुबन्धित गर्न अल्भारो मोराटा र हामेस रोड्रीग्वेजलाई बेच्ने भएको छ। बाप्पेलाई आफ्नो टोलीमा सामेल गर्न रियल म्याड्रिड र पेरिस सेन्ट जर्मनबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ।
मोनाकोले बारम्बार बाप्पेलाई नबेच्ने बताएपनि पिएसजी र रियलले भने जसरी पनि उनलाई क्लबमा ल्याउने सुरमा रहेका छन्। स्पेनी पत्रिका मार्साका अनुसार पिएसजीले गरेको १ सय २० मिलियन युरोको प्रस्ताब मोनाकोले नकारीसकेको छ। यता म्याड्रिडले भने बाप्पे रियलमा आएको खण्डमा उनको तलब दोब्बर बनाउने प्रस्ताब पनि राखेको छ।
रियलले बाप्पेलाई क्लबमा उनको स्थान पक्का रहेको र त्यसका लागि अहिलेका टोलीका केहि खेलाडीलाई बेच्ने योजना रहेको पनि खुलासा गरेको छ। गत सिजन पहिलो टोलीमा कम मौका पाएका मोराटा र रोड्रीग्वेजले क्लब छाड्ने भएका छन्। म्यानचेस्टर युनाइटेडले मोराटालाई किन्ने हल्ला भएपनि लुकाकु युनाइटेड आउने भएपछि उक्त सम्भावना न्यून रहेको छ। एसी मिलानले मोराटालाई भित्र्याउन सक्ने सम्भावना बढेको छ।
बाप्पेली गत सिजन मोनाकोका लागि २९ खेलमा १५ गोल गर्दै उपाधि दिलाएका थिए।रियलका प्रशिक्षक जिदानले फ्रान्सेली युवा खेलाडी बाप्पेलाई यस ट्रान्सफर विन्डोको मुख्य खेलाडीका रुपमा हेर्दै आएका छन्।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]