8 years ago
July 6, 2017
एजेन्सी – विश्व फुटबल जगतमा गत सिजन सर्वाधिक कमाइ गरेका फुटबल प्रशिक्षकहरुको सर्वेक्षण प्रतिष्ठित फुटबल पत्रिका फ्रान्स फुटबलले सार्वजनिक गरेको छ। शीर्ष ५ प्रशिक्षकमा प्रिमियर लिगका २ जना छन् भने अन्य लिगका १/१ जना प्रशिक्षक अटाएका छन्।
५. पेप गुआर्डीओला
गत सिजन म्यानचेस्टर सिटि आएका प्रशिक्षक पेप गुआर्डीओलाले गत सिजन १२.५ मिलियन युरो कमाई गरे। पेपको पहिलो सिजनमा सिटिले सोचेअनुरुप प्रदर्शन नगरेपनि उनले राम्रै पैसा हात पारे। यस सिजन उपाधि जितेर उनि आफ्नो कमाइ अझै बढाउने सुरमा हुनेछन्।
४. कार्लो एन्चेलोटि
बायर्न म्युनिखलाई लिग उपाधि दिलाएका प्रशिक्षक एन्चेलोटिले गएको सिजन १३.७ मिलियन युरो कमाए। च्याम्पियन्स लिगमा सुखद प्रदर्शन गर्न नसकेपनि घरेलु प्रतियोगितामा भने बायर्नको प्रदर्शन उल्लेख्य रहेको थियो।
३. लौरेंट ब्लांक
पेरिस सेन्ट जर्मनबाट बर्खास्त भएका प्रशिक्षक लौरेंट ब्लांकले गएको सिजन १७.३ मिलियन युरो कमाइ गरे। उनले आफु बर्खास्तीमा पारेको क्षतिपूर्तिले नै विश्वको तेश्रो बढी कमाउने प्रशिक्षक बन्न सफल रहे।
२. मार्चेलो लिप्पी
चीनको राष्ट्रिय फुटबल टोली सम्हाल्ने जिम्मेवारी लिएका इटालियन प्रशिक्षक मार्चेलो लिप्पीले २०.३ मिलियन युरो कमाए। उनले टोलीलाई विश्वकप पुर्याउने लक्ष्य सहित जिम्मेवारी लिएपनि उक्त योजना भने सफल हुन सकेको छैन।
१. जोसे मोउरिन्हो
म्यानचेस्टर युनाइटेडका लागि मोउरिन्होको पहिलो सिजन मिश्रित रह्यो। मोउरिन्होले व्यक्तिगत रुपमा २४.२ मिलियन युरो कमाए। घरेलु लिगमा आशातित प्रदर्शन गर्न नसकेपनि टोलीले युरोप लिग जित्दै च्याम्पियन्स लिगमा छनोट भयो। यसबाहेक टोलीले घरेलु प्रतियोगितामा पनि उपाधि जित्दै सिजनको सुखद अन्त्य गर्यो।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]