9 years ago
November 11, 2015
म्याच फिक्सिङ्गमा आरोपित पाँच खेलाडी धरौटीछुटेको भोलिपल्ट अखिल नेपाल फुटबल संघले साफ च्याम्पिएनसिपको लागि प्रशिक्षणरत टोलीलाई दोश्रो चरणको छनोटमा २७ खेलाडीमा झारेको छ|
आरोपित कप्तान सागर थापासहित उपकप्तान सन्दिप राई, गोलकिपर रितेश थापा, पुर्व खेलाडी अन्जन केसी र विकास सिंह क्षेत्रीलाई यसअघिनै एन्फा, एएफसी र फिफाले निलम्बन गरिसकेको छ|
आजै घोषित टोलीमा प्रारम्भिक टोलीमा समावेश गरिएका ३९ मध्य १२ खेलाडी परेनन्| ४ खेलाडी चोटका कारण प्रशिक्षणमा सहभागि भएनन् भने केहि खेलाडी प्रशिक्षण दौरान चोटका कारण बाहिरिएका हुन्|
गोलकिपर विशाल श्रेष्ठ, मिडफिल्डर विजय गुरुङ्ग, सुजल श्रेष्ठ र फरवार्ड विनोद कार्कीले चोटका कारण प्रशिक्षणमा भाग लिएनन्| बेल्जियन प्रशिक्षक प्याट्रीक विनान्ड ओजेम्सले तिहार बिदापछि प्रशिक्षण पुन: सुचारू गर्नेछन|
दोश्रो चरणको छनोटमा परेको २७ सदस्यीय टोली:
गोलकिपर: किरण चेम्जोङ्ग, विकेश कुथु, विशाल श्रेष्ठ, अमृत चौधरी
डिफेन्डर: रञ्जित धिमाल, रबिन श्रेष्ठ, देवेन्द्र तामांग, जितेन्द्र कार्की, अनन्त तामांग, आदित्य चौधरी, विराज महर्जन, अजित भण्डारी
मिडफिल्डर: जगजित श्रेष्ठ, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, बिशाल राई, योगेश गुरुङ, नविन लामा, टंक बस्नेत
फरवार्ड: अन्जन बिष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, बिमल घर्ति मगर, कर्ण लिम्बु, भरत खवास
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]
April 10, 2025
सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]