7 years ago
July 6, 2017
एजेन्सी – इङ्गल्याण्ड राष्ट्रिय फुटबल टोली एवं म्यानचेस्टर युनाइटेडका कप्तान वायन रुनीले खेल समयको कमी भएको कारणले क्लब छाड्ने भएका छन्। गत महिना भएो राष्ट्रिय टोलीको छनोटमा नपरेपछि उनले क्लब छाड्ने मनासय बनाएको बुझिएको छ।
आगामी जुनबाट रसियामा सुरु हुने फिफा विश्वकप २०१८मा टोलीमा पर्नका लागि रुनीले नियमित क्लब फुटबल खेल्नुपर्ने र युनाइटेडमा त्यो सम्भव नदेखेपछि उनले अर्को क्लबमा जाने निर्णय लिएका हुन्। उनलाई भित्र्याउन रुनीकै पूर्वक्लब एभर्टनले प्रयास गरिरहेको विभिन्न संचार माध्ययमले जनाएका छन्। रुनी हाल युनाइटेका सर्वाधिक गोलकर्का हुन्।
सन् २००२/०३को सिजनमा १६ वर्ष हुँदै एभर्चनबाट खेलेका रुनीले सन् २००४को युरो खेलेका थिए। त्यसलगत्तै युनाइटेडले २० मिलियन पाउण्ड तिरेको थियो। उनको हालको करार अवधि सन् २०१९सम्म भएपनि क्लबले सहमतिमा आएर उनलाई एभर्टन जान दिने सम्भावना प्रबल छ।
रुनीको प्रस्थानसँगै युनाइटेडले अल्भारो मोराटालाई भित्र्याउन अन्तिम तयारी गर्दैछ। यता एभर्टन भने रुनीलाई क्लबको पाँचौ नयाँ खेलाडी बनाउने सुरमा छ।
December 28, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई हराउदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिवार विहान घरेलु मैदानमा आर्सनलले १-० को जित हासिल गरेको हो । घरेलु टोली आर्सनलका लागि खेलको २३औं मिनेटमा काई हाभर्ट्जले गरेको गोल नै निर्णायक हुनपुग्यो । जितसँगै आर्सनल १८ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको […]
December 27, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेकोश हो ।चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो । फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न […]
December 27, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा विजयी यात्रालाई जारी राख्दै लिभरपुल शीर्ष स्थानमा थप मजबुत बनेको छ। उपाधिको मुख्य दाबेदार लिभरपुलले बिहीवार लेस्टर सिटीलाई ३-१ ले पराजित गर्यो। लिभरपुलले १-० ले पछि परेको खेल उल्टाएको थियो। लिभरपुलको जितमा कोडी गाक्पो,कर्टिस जोन्स,मोहमद सलाहले गोल गरे। एनफिल्डमा भएको खेलमा जोर्डन एयेको गोलले लेस्टरले छैटौं मिनेटमा अग्रता लियो । […]