default_image

8 years ago

July 5, 2017

मेस्सी २०२१सम्म बार्सिलोनामै रहने

135 views

0 Bookmark

बार्सिलोना (एजेन्सी) – बार्सिलोना र लियोनल मेस्सी नयाँ सम्झौताको टुंगोमा पुगेका छन्। नयाँ सम्झौता अनुसार मेस्सी सन् २०२१ सम्म बार्सिलोनामा आबद्ध हुने छन् । हाल बिवाहका लागि अर्जेन्टिनामा रहेका मेस्सी प्रि- सिजन सिरिजको अभ्यासका लागि फर्केपछि नयाँ सम्झौतामा हस्ताक्षर गर्ने क्लबको वेबसाइटमा बताईएको छ।

messi

नयाँ सम्झौताको बारेमा क्लबले बिज्ञप्ति निकाल्दै लेखेको छ,’ हामी संसारकै उत्कृष्ट खेलाडीसंगको नयाँ सम्झौतामा निकै खुशी छौ ।मेस्सिले बार्सालाई पहिले कुनै क्लबले हासिल गर्न नसकेको सफलतामा डोर्याएका छन् र मेस्सिको हामी प्रतिको लगाव देखेर दङ्ग भएका छौ।’

३० वर्षीय अर्जेन्टाइन स्ट्राइकर मेस्सीको बार्सिलोनासँगको पछिल्लो सम्झौता २०१८ को जुनमा समाप्त हुनेछ । मेस्सीको अन्त्य तिर नजिकिदै गरेको सम्झौताका कारण म्यानचेस्टर सिटी र पिएसजी जस्ता क्लब उनलाई भित्र्याउन इच्छुक देखिएका थिए ।

 

March 12, 2025

नयाँवस्ती र ब्वाइज युनियन बराबरीमा

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा नयाँवस्ती युथ क्लबलर ब्वाइज युनियनलाई गोलरहित बराबरीमा सकिएको छ । एन्फा खेल मैदानमा भएको खेलमा खेल अवधिभर ब्वाइज युनियनले दबाब बनायो । गोल गर्ने अवसरहरू धेरै सिर्जना पनि गरेपनि अग्रता लिन भने सकेन । नयाँवस्तीका गोलकिपर योगेश धिमालले आधा दर्जन अवसर विफल पारे । उनले ब्वाइज […]

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

Success

Thank you for your time.