7 years ago
July 5, 2017
पोर्चुगल (एजेन्सी) – रियल म्याड्रिडसँग १० वर्ष बिताएका पोर्चुगेली सेन्टर डिफेन्डर पेपेले टर्कीस लिग च्याम्पियन बेसिक्टास सँग सम्झौता गरेका छन्। रियल म्याड्रिडसँग सम्झौता समाप्त भएको र नयाँ करार नपाएकोले पेपेको रियल म्याड्रिड करियर समाप्त भएको हो।
यसअघि पिएसजीसँग नजिकिएको सम्झौता विफल भएपछि पेपेले बेसिक्टासमा कुरा अघि बढाएका थिए। पिएसजीसँग मेडिकलसम्म गरेका पेपे र क्लब बिच करारको अवधिमा कुरा नमिलेपछि अन्तिम समयमा सम्झौता हुन सकेन। पेरिसले २ वर्षको करार गर्ने इच्छा देखाएपनि पेपेले कम्तिमा ३ वर्षको सम्झौता हुनुपर्ने माग राखेका थिए।
पेपेले बेस्किटाससँग २ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन्। फ्री एजेन्ट रहेकाले रियल म्याड्रिडले कुनै स्थानान्तरण रकम नपाउने प्रावधान रहेको छ। पेपेले सन् २००७मा पोर्टो छाडेर रियल पुगेयता ३ सय ३७ खेल खेलेका थिए। उनले रियलमा छंदा समान ३ पटक ला लिगा र च्याम्पियन्स लिग उपाधि जितेका थिए।
पोर्चुगललाई कन्फेडेरेसन कपको तेश्रो स्थानको खेलमा कप्तानी गर्दै जित दिलाएका पेपेले प्रतियोगिताको सकिएसँगै इस्तानबुल पुगेर बेसिक्टाससँगको सम्झौता गरेका हुन्।
December 28, 2024
पाँचथर (हाम्रो खेलकुद) – फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध १-० को साँघुरो जित निकाल्दै मच्छिन्द्र उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भएसँगै पूर्वमा चर्च ब्वाइज युनाइटेडले लगातार तेस्रो पटक […]
December 28, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा रेलिगेसन जोनमा रहेको इप्स्वीच टाउनलाई हराउदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । शनिवार विहान घरेलु मैदानमा आर्सनलले १-० को जित हासिल गरेको हो । घरेलु टोली आर्सनलका लागि खेलको २३औं मिनेटमा काई हाभर्ट्जले गरेको गोल नै निर्णायक हुनपुग्यो । जितसँगै आर्सनल १८ खेलमा ३६ अंकका साथ दोस्रो स्थानमा उक्लिएको […]
December 27, 2024
दिपक बोहोरा, पाँचथर ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड ११ औं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । आयोजक फिदिम स्पोर्टिङ क्लबलाई शुक्रवार ३- १ गोलले हराउँदै चर्च ब्वाइज फाइनल पुगेकोश हो ।चर्च ब्वाइजले गत साता झापा कपको उपाधि जितेको थियो । फिदिम माविको मैदानमा अग्रता जोगाउन नसक्दा फिदिम निराश बन्न […]