default_image

7 years ago

July 4, 2017

जर्मनीका डिफेन्डर चेल्सीमा आउँदै

50 views

0 Bookmark

एजेन्सी – जर्मनीको राष्ट्रिय फुटबल टोली एवं इटालियन क्लब एएस रोमाको डिफेन्डर एन्टोनियो रुडीगर इङ्गलिस प्रिमियर लिग क्लब चेल्सीमा आउने भएका छन्। चेल्सीले गरेको ३० मिलियन पाउण्डको प्रस्ताव रोमाले स्वीकारेसँगै हाल क्लब र खेलाडीबीच सम्झौताबारे छलफल भइरहेको छ।

२४ वर्षीय डिफेन्डर रुडीगर इटालीमा व्यापक रंगभेद भएपछि रोमा छाड्ने मनसायमा थिए। यस्तैमा एन्टोनियो कन्टेले आगामी सिजनका लागी चेल्सीको डिफेन्सलाई अझ बलियो पार्ने लक्ष्य लिएर रुडीगरलाई भित्र्याउने प्रस्ताव राखेका थिए। गत सिजन चेल्सीले उपाधि जितेपनि सुरुवाती खेलमा भने डिफेन्सले निकै कमजोर प्रदर्शन गरेको थियो।

प्रशिक्षक कन्टेले युभेन्टसका लिओनार्डो बोनुची र साउथह्याम्पटनका भर्जिल भ्यान डाइकलाई क्लबमा ल्याउने प्रयास गरेपनि उक्त योजना असफल भएपछि रुडीगर तर्फ ध्यान मोडेका थिए। सामन्यतया डिफेन्सको मध्यभागमा खेल्न रुचाउने रुडीगर राइट ब्याकको भूमिकामा पनि खेल्न सक्छन।

गत सिजन सेजार एज्पिलीक्वेटा र भिक्टर मोसेसले औसत प्रदर्शन गरेपछि कन्टेले नयाँ डिफेन्डर भित्र्याएर थप प्रतिस्पर्धा गर्न लागेका हुन्। रुडीगर कन्फेडेरेसन कप विजयी जर्मनी टोलीका सदस्य रहेका थिए। उनले आगामी सन् २०१८मा हुने विश्वकपको टोलीमा खेल्ने लक्ष्य राखेका छन्। चेल्सीमा आबद्ध भएर नियमित फुटबल खेलेको खण्डमा उनको त्यो लक्ष्य सार्थक हुने सम्भावना बलियो छ।

September 23, 2024

सुजनको हयाट्रिकमा नेपालको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले साफ यु-१७ च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। सुजन डंगोलको ह्याट्रिकमा नेपालले श्रीलंकाविरूद्ध ४-० को रवाफिलो जित दर्ज गरेको हो। यो जितमा‌ नेपालले सेमिफाइनलमा पुग्ने संभावनालाई जिवितै राखेको छ। भुटानको चाङलिमिथाङ रङ्गशालामा आज भएको खेलको १३ मिनेटभित्र नेपालले दुई शुन्यको अग्रता बनाइसकेको थियो। नवौं मिनेटमा सुजनले हेडर गोल गर्दै टिमलाई […]

September 23, 2024

कोशी र चन्द्रपुरले बराबरी खेले

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेश र चन्द्रपुर नगरपालिकाले एन्फा महिला लिगमा अंक बाडेका छन् । कोशी र चन्द्रपुरले १-१ को बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चन्द्रपुरले अग्रता लिएको थियो । चन्द्रपुरका लागि सुनिता सुनारले ५१औं मिनेटमा गोल गरिन् । निर्धारित समय सकिन १० मिनेट बाकी रहँदा ममता राउतले गोल गर्दै खेललाई […]

September 23, 2024

शीर्ष स्थानको एपिएफ सदूरपश्चिमसँग खेल्दै

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले आज सुदूरपश्चिम प्रदेशसँग खेल्दैछ । महिला लिगको आजको दोस्रो खेलमा एपिएफ र सुदूरपश्चिम खेल्दैछन् । दुईबीचको खेल एन्फा कम्प्लेक्समा सातदोबाटोमा दिउँसो ३ः३० बजे सुरु हुनेछ । एपिएफ लिगको ७ खेलमा ६ मा जित र १ बराबरी सहित १९ अंकका साथ तालिकाको […]

Success

Thank you for your time.