default_image

8 years ago

July 4, 2017

माल्दिभ्समा किरणको टोलीको बराबरी

88 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइका गोलकिपर किरण चेम्जोङको टोली टिसी स्पोर्टस क्लबले माल्दिभियन प्रिमियर लिगमा सोमबार बराबरी खेलेको छ । अवे खेलमा किरणको टोलीले अंक तालिकाको शीर्ष टोली माजियलाई गोलरहित बराबरी रोक्दै दवाबलाई थोरै कम गराएको छ ।

टिसी स्पोर्टस क्लब । फाइल तस्बिर

यमनसँगको एसियन कप छनोटमा म्यान अफ दी म्याच प्रदर्शन गर्दै माल्दिभ्स पुगेपछि भने राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ निराश भएका थिए । जेठको अन्तिममा घरेलु मैदानमा उच्च प्रदर्शन गर्दै छनोटमा नेपाललाई १ अंक दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका किरणले प्रिमियर लिगमा टिसी स्पोर्टसको हारलाई जोगाउन सकेनन् । जहाँ टोली न्यू रेडियन्टसँगको अवे खेलमा किरणको टोली ४–३ ले पराजित भएको थियो । जसका कारण टोली दबाबमा थियो ।

८ टोली सहभागी प्रिमियर लिगमा किरणको टोलीको ११ खेलमा १५ अंक पुगेको छ । माजियाको २५ अंक पुग्यो । सिजनको सुरुआतमा उच्च प्रदर्शन गरेको टिसी स्पोर्टसले पछिल्ला सोमबारअघिका ५ मध्ये १ जित, १ बराबरी र बाँकी ३ खेलमा हार बेहोरेको थियो । अहिले सम्म टोलीले खेलेका ११ खेलमा ४ जित, ३ बराबरी र ४ खेलमा हार बेहोरेको छ । शीर्ष टोली माजियाले भने १० खेलमा ८ जित,१ बराबरी र २ खेलमा हार बेहोरेको थियो ।

March 12, 2025

‘हामी अझै पराजित हुनुपर्छ’

सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]

March 12, 2025

इन्टरको च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]

March 12, 2025

च्याम्पियन्स लिग- बार्सिलोना क्वाटरफाइनलमा

एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]

Success

Thank you for your time.