8 years ago
July 3, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ(एन्फा)ले आसन्न एन्फा महिला लिगका लागि ४४ खेलाडी छनोट गरेको छ । एन्फाले ४४ खेलाडी गत जेठ महिनामा पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगबाट छनोट गरेको हो । पाल्पा र स्याङ्जामा भएको एन्फा महिला लिगमा २८ जिल्लाले सहभागिता जनाएका थिए ।
छनोट भएका ४४ खेलाडीहरुबाट १० दिनको प्रशिक्षणपछि ३० खेलाडीमा झारिने एन्फाले जनाएको छ । छनोट हुने उत्कृष्ट ३० खेलाडीले तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबमा प्रशिक्षण गर्न पाउनेछ । प्रशिक्षण दौरान उत्कृष्ट खेलाडीहरु निस्किए विभागले राख्न पाउने पनि प्रावधान पनि छ ।
तीन विभागको दुई टिम बनाई साउन दोस्रो साता काठमाडौंमा (होम एण्ड अवे) महिला राष्ट्रपति कप लिग हुनेछ । त्यही लिगबाट छानिएका खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा सहभागिता जनाउने छ । त्यसपछि पाँच विकास क्षेत्र र तीन विभागीय टोलीबीच माघमा महिला राष्ट्रिय लिग गराउने एन्फाको योजना छ ।
कैलालीबाट सबैभन्दा धेरै आठ खेलाडी छनोट भएका छन् । यस्तै रौतहटबाट ६, मोरङ र नवलपरासीबाट समान पाँच–पाँच, बर्दिया र काठमाडौंबाट तीन–तीन, स्याङ्जा, ताप्लेजुङ, झापा र भोजपुरबाट समान दुई–दुई र बाँके, सर्लाही, बारा, चितवन, सिन्धुपाल्चोक र कञ्चनपुरबाट समान एक–एक खेलाडी छनोट हुन सफल भएक छन् ।
छनोट भएका खेलाडीहरु रेनुका हमाल, रिया बानु, रस्मी कुमारी घिसिङ, रजनी थोकर, निशा थोकर, अञ्जु लोप्चन, मेनुका नगरकोटी, मिथिला कुशवार, निरुता सत्याल, नामु कुशवार, रेशना राई, मञ्जु कुमारी जिमी, मुना राई, इना राई, कल्पना कार्की, अञ्जना तामाङ, बिमला रानामगर, नामु माया क्षेत्री, सपना थारु, हीना राना, उदय बकवाल, बिमला बिके, सिर्जना भट्टराई, सुनिता बिके, बिमला गुरुङ, अनुष्का शेर्पा, सम्झना लावती, अनिता राई, उषा नाथ, रेविका पाण्डे, गंगा अधिकारी, बिमला चौधरी, मनकुमारी चौधरी, किरण चौधरी, सरिता न्यौपाने, महिमा चौधरी, सदीक्षा राई, आरती भुजेल, रोशनी लिम्बु, प्रिति राई, सुभद्रा खड्का, सुष्मा महर्जन, सुष्मा तामाङ र प्रियंका राना रहेका छन् ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो। झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदीपले २० […]
January 21, 2025
सुमन अधिकारी, बुटवल भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ । खुकुरीले मेलवर्न क्रिकेट क्लब (एमसिसी)लाई ९७ रनले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनाएको […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको अर्थहिन खेलमा सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ। वालिङले प्ले अफमा पुगिसकेको बागमती युथ क्लबलाई ३-१ गोल अन्तरले हरायो। यो जित वालिङको लागि सान्त्वना जित बन्यो। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमती विरुद्ध मैदानमा उत्रिएको वालिङको प्ले अफमा पुने संभावना समाप्त भैसकेको थियो। वालिङ […]