8 years ago
July 3, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मिडफिल्डर जगजित श्रेष्ठको नयाँ क्लब नुवावडिङ सिटी एफसीले एनपिएलमा आइतबार पराजित भएको छ । जगजितको टोली विरिबी सिटी एफसीसँग ३–१ ले पराजित भएको थियो ।
तीन साताअघि सनसाइन क्रस एफसीबाट नुवावडिङमा गएपछि जगजितको त्यो चौथो खेल थियो । जसमा २ खेलमा जित र २ खेलमा टोलीले हार बेहोरेको छ । जगतिजको ‘डेब्यू’ र तेस्रो खेलमा टोली विजयी भएको थियो भने दोस्रो र चौथो खेलमा पराजित भएको थियो ।
अघिल्लो खेलमा उनको टोलीले रिचमन्ड सकर क्लबलाई ३–१ ले हराएको थियो । जगजितका अनुसार नुवावाडिङ २० टोलीको सहभागिता रहेको लिगमा उनको टोलीको २१ अंक छ ।
January 21, 2025
हिमाल खरेल, बिर्तामोड झापा ११ एफसीले भारतको सिक्किममा जारी १० औं अल इन्डिया चिफ मिनिस्टर्स गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। सिक्किमको जोरथाङ रंगशालामा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन क्लब चर्च ब्वाइज युनाइटेडलाई २-० ले हराउँदै झापा ११ च्याम्पियन बनेको हो। झापालाई जित दिलाउन प्रदीप बुढाथोकी र सन्तोष खत्रीले गोल गरे । प्रदीपले २० […]
January 21, 2025
सुमन अधिकारी, बुटवल भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिता अन्तर्गत ‘ए’ डिभिजनको मंगलबारको खेलमा लुम्बिनी खुकुरी क्लब विजयी भएको छ । खुकुरीले मेलवर्न क्रिकेट क्लब (एमसिसी)लाई ९७ रनले पराजित गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ४१ ओभरको खेलमा ६ विकेट गुमाएर २ सय ३२ रनको बलियो योगफल बनाएको […]
January 21, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको अर्थहिन खेलमा सुष्मा तामाङको ह्याट्रिकमा वालिङ नगरपालिकाले पहिलो जित निकालेको छ। वालिङले प्ले अफमा पुगिसकेको बागमती युथ क्लबलाई ३-१ गोल अन्तरले हरायो। यो जित वालिङको लागि सान्त्वना जित बन्यो। एन्फा कम्प्लेक्समा आज भएको खेलमा बागमती विरुद्ध मैदानमा उत्रिएको वालिङको प्ले अफमा पुने संभावना समाप्त भैसकेको थियो। वालिङ […]