8 years ago
July 3, 2017
एजेन्सी – चिलीलाई फाइनल खेलमा १-०ले पराजित गर्दै जर्मनीले फिफा कन्फेडेरेसन कपको उपाधि जितेको छ। रसियामा जारी प्रतियोगिता फाइनल खेलमा लार्स स्टीन्डलले पहिलो हाफमा गरेको गोल निर्णायक साबित भयो।
डिफेन्डर मर्सेलो डियाजले आफ्नै बक्स नजिक गरेको गल्तिमा टिमो वेर्नरले बल चोर्दै स्टीन्डललाई पास दिएका थिए। गोलरक्षक बिट भइसकेको अवस्थामा स्टीन्डलले खाली पोष्टमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए।
खेलमा दुवै टोलीले थुप्रै अवसरहरु सिर्जना गरेपनि त्यसको सदुपयोग भने हुन् सकेको थिएन। दोश्रो हाफमा केहि रक्षात्मक देखिएको जर्मनीले काउन्टर अट्याकमा केहि राम्रो मौका पाएपनि फरवार्डहरुले थप गोल गर्न सकेनन्। केहि समय मैदानमा बादबिबाद चल्दा खेलमा रेफ्रीलाई हम्मे पारेको थियो।
खेलको अन्तिम समयमा चिलीले सुनौलो अवसर खेर फालेपछि जर्मनीको युवा टोलीले जर्मन फुटबलको इतिहासकै पहिलोपटक कन्फेडेरेसन कपको उपाधि जित्न सफल रह्यो। यसअघि युरोपियन टोलीका रुपमा फ्रान्सले कन्फेडेरेसन कपको उपाधि जितेको थियो।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]