default_image

8 years ago

July 3, 2017

कन्फेडेरेसन कप: पहिलो हाफमा जर्मनीको आग्रता

61 views

0 Bookmark

एजेन्सी – रसियामा जारी कन्फेडेरेसन कपको फाईनल खेलको पहिलो हाफको अन्त्यमा चिली जर्मनीबिरुद्ध एक गोलले पछि परेकोछ। सन् २०१४को विश्वकप बिजेता टोलि जर्मनीका लागि खेलको २०औ मिनेटमा लार्स स्टेंन्डीलले गोल गरेका थिए। 

२८ बर्षे लार्सले टिमो विर्नेरले मिलाइएको बललाई खाली पोष्टको दिशा दिएका थिए। चिलीका रक्षक मर्सेलो डीयाजले गल्ति गरेपछि विर्नेरले पाएको बल लार्स स्टेन्डीलतर्फ खेलेका थिए। स्टेन्डीलको प्रतियोगितामा यो व्यक्तिगत तेस्रो गोल हो। पहिलो हाफमा दुवै टोलीले  निकै राम्रा अवसर प्राप्त गरेपनि गोलमा परिणत गर्न सकेनन।

आजै भएको पहिलो खेलमा मेक्सिकोलाई २-१ले हराउँदै पोर्चुगलले फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानमाथि कब्जा जमाएको थियो। सेमिफाइनलमा पराजित दुई टोलीले आज भएको तेश्रो स्थानको खेलको नियमित समयमा १-१को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.