default_image

8 years ago

July 2, 2017

कन्फेडेरेसन कपमा पोर्चुगल तेश्रो

96 views

0 Bookmark

एजेन्सी – अतिरिक्त समयसम्म लम्बिएको खेलमा मेक्सिकोलाई २-१ले हराउँदै पोर्चुगलले फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानमाथि कब्जा जमाएको छ। सेमिफाइनलमा पराजित दुई टोलीले आज भएको तेश्रो स्थानको खेलको नियमित समयमा १-१को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो।

खेलको १६औं मिनेटमा मेक्सिकोका गोलरक्षक गिल्लेर्मे ओचोआले एड्रियन सिल्भाको पेनाल्टी रोक्दै खेललाई बराबरीमा राखेका थिए। तर, ५४औं मिनेटमा पोर्चुगलका  लुइस नेटोले आफ्नै पोष्टमा बल छिराएपछि मेक्सिकोले अग्रता लिएको थियो। खेलको अन्त्य नजिकिंदै गर्दा इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका कार्यवाहक कप्तान पेपेले रिकार्डो करेज्माको क्रसमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

थप गरिएको समयको १ सय ४औं मिनेटमा एड्रियन सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। खेलको अन्त्यतिर दुवै टोली १० खेलाडीमा सिमित भएका थिए। पोर्चुगलका नेलसन सेमेडो र मेक्सिकोका राउल जिमिनेजले क्रमश: १०६औं र ११२औं मिनेटमा रातो कार्ड खाएका थिए।

खेलको भिडियो:

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.