8 years ago
July 2, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कपको तेश्रो स्थानको लागि आइतबार भएको खेलमा पोर्चुगलले मेक्सिकोलाई २-१ले पराजित गरेको छ। १ गोलले पछि पारेको स्थितिलाई उल्टाउँदै पोर्चुगलले अतिरिक्त समयमा जित हात पारेको हो।
नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको पोर्चुगल खेलको दोश्रो हाफमा पछि पारेको थियो। पहिलो हाफमा एड्रियन सिल्भाले पेनाल्टीमार्फत अग्रता दिलाउने मौका पाएपनि उनि चुकेका थिए। तर, ५४औं मिनेटमा प्रतियोगितामा पहिलो खेल खेलिरहेका लुइस नेटोले आफ्नै पोष्टमा बल छिराएपछि अग्रता लिएको थियो। जाभिएर हर्नान्डेजले डीबक्सको बायाँ तर्फबाट प्रहर गरेको लो-क्रसलाई नेटोले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा छिरेको थियो।
खेलको अन्त्य नजिकिंदै गर्दा इन्ज्युरी समयको पहिलो मिनेटमा पोर्चुगलका कार्यवाहक कप्तान पेपेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। रिकार्डो करेज्माको क्रसलाई सदुपयोग गर्दै उनले बललाई जाली चुमाएका थिए। खेल नियमित समयमा १-१को बराबरीमा अडेपछी अतिरिक्त ३० मिनेट थप गरिएको थियो।
थप गरिएको समयको १ सय ४औं मिनेटमा एड्रियन सिल्भाले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। उनले प्राप्त पेनाल्टीलाई दायाँतर्फ प्रहार गर्दा गोलरक्षकले अर्कोपट्टि डाइभ लगाएका थिए। थप गोल हुन नसकेपछि पोर्चुगल २-१ले विजयी हुँदै तेश्रो स्थानमा रह्यो।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]