8 years ago
July 2, 2017
एजेन्सी – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले अर्को साता औपचारिक वक्तब्य जारी गर्दै आफ्नो भविष्यबारे जानकारी दिने भएका छन्।
रियल म्याड्रिडले रोनाल्डोलाई सकेसम्म चाँडो आफ्नो मनासय खुलाउन भनेपछि उनले अर्को साता निर्णय गर्ने द टाइम्स नामक पत्रिकाले जनाएको छ। विगत केहि सातायता रोनाल्डोको रियल म्याड्रिडमा भविष्य अनिश्चित रहेको बुझिएको छ। रियल म्याड्रिडसँग बेखुस देखिएका रोनाल्डोले क्लब छाड्ने मनस्थिति बनाएको विभिन्न पत्रपत्रिकाले लेखेका थिए भने म्याड्रिडका अध्यक्षले पनि रोनाल्डोलाई कन्फेडेरेसन कपपछि भेटेर निधो गर्ने बताएका थिए।
सन् २००९मा म्याड्रिडमा आबद्ध भएयता रोनाल्डो र समर्थकहरुको पनि सम्बन्ध कुनै समय चिसिएको थियो। रोनाल्डोलाई समय समयमा आलोचना गर्दै आएकाले उनले म्याड्रिड छाड्ने मनसाय बनाएका हुन्। उनले टोलीमा सक्दो प्रदर्शन गर्दा पनि नतिजा नआउँदा समर्थकके उनलाई दोषारोपण गर्दथे।
पोर्चुगलसँग कन्फेडेरेसन कपमा रहेका रोनाल्डोलाई जुम्ल्याहा भएपछि चाडैं छुट्टि दिइएको छ। उनि हाल अमेरिकामा आफ्नो बच्चाहरुसंग पारीवारिक समय बिताइरहेका छन्।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]