8 years ago
July 2, 2017
एजेन्सी – स्पेन यू२१ टोलीका कप्तान एवं एटलेटिको म्याड्रिडका मिडफिल्डर साउल निगुएजले एटलेटिको म्याड्रिडसँग सन् २०२६सम्मका लागि क्लबमा रहने नयाँ सम्झौता गरेका छन्। यससँगै उनको क्लब छाड्ने हल्ला पनि लामो समयसम्मका लागि बन्द हुने भएको छ।
सन् २००७मा एटलेटिको म्याड्रिडको एकेडेमी प्रवेश गरेका साउलले म्याड्रिडमै आफ्नो खेलजीवन बिताउने बताए। यसअघि सन् २०२१ सम्मको करार बाँकी हुँदाहुँदै उनले त्यसमा थप ५ वर्षे करार गरेका हुन्। बार्सिलोना र म्यानचेस्टर युनाइटेडले यसै सिजनको सुरुवातमा उनलाई भित्र्याउने चाह देखाएका थिए। तर साउलले आफु म्याड्रिड छाडेर कतै नजाने बताउँदै नयाँ सम्झौता गरेका हुन्।
‘म निकै खुसि छु। मेरो लागि एटलेटिको परिवार हो र मलाई यहाँभन्दा राम्रो ठाउँ कतै हुँदैन। म आफ्नो तर्फबाट सक्दो मेहेनत गर्नेछु र क्लबले मप्रति देखाएको विश्वासलाई सहि तुल्याउन लागि पर्नेछु।’
साउलले भर्खरै सम्पन्न युरो यू२१ च्याम्पियनसिपमा ५ गोल गर्दै टोलीलाई दोश्रो स्थानसम्म पुर्याएका थिए। फाइनलमा जर्मनीसँग १-०ले पराजित स्पेनी टोलीको कप्तान रहेका साउलले इटालीविरुद्ध सेमिफाइनलमा ह्याट्रिक गरेका थिए।
यसअघि ७१ मिलियन पाउण्ड रिलिज क्लज रहेको साउलको करारमा अब नयाँ रिलिज कलज थपिएको छ। क्लबले त्यसबारे भने केहि जानकारी दिएको छैन। साउलसँगै क्लबका फरवार्ड एन्टोइन ग्रिज्मनले पनि गतसाता आफ्नो करार थपेका थिए।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]