default_image

9 years ago

November 9, 2015

“हामीलाई फसाएर अगाडी बढ्न खोजिदै छ” : सागर

157 views

0 Bookmark

सागर थापाले आज अदालतबाट फर्किने बेलामा एन्फा विरोधी केहि मानिसहरुले उनीहरुलाई अपराधी भन्दै आफु फाइदा लिन खोजेको बताएका छन|

Sagar Thapa bikash Sing Chettri Special Court

खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेका ५ खेलाडीहरुको बयान सकिएपछि आज विशेष अदालतमा बहस सुरु हुने भनिएको थियो| तर समय अभावका कारण थुनछेक बयान सकिएपनि थुनछेक बहस हुन नसकेकाले भोलीलाई सारिएको अदालतले जनाएको छ।

अदालतबाट फर्किने क्रममा पत्रकारहरुको प्रश्न जवाफ दिदैं सागर थापाले मणि शाह, विजय मानन्धर लगाएतका एन्फा विरोधी खेमाले उनीहरु माथि लागेको आरोपको फाइदा उठाउदैं आफ्नो फाइदा लिन खोजेको अभिव्यक्ति दिए| “हामीलाई फसाएर उनीहरु अगाडी बढ्न खोजेको होला, तर हामी निर्दोष भएको पुष्टि भएपछि उनीहरुको शिर झुक्नेछ,” थापाले भने| मणि शाह, विजय नारायण मानन्धर लगाएत कहिले प्रहरीको प्रतिवेदनमा आरोपित खेलाडीहरुलाई कारवाही गरिनु पर्छ भनेर बयान दिएका छन|

राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा लगायतका खेलाडीले  राज्य विरुद्धको अपराध गरेको आरोप सहित सरकारी वकिल कार्यालयले आइतबार विषेश अदालतमा मुद्दा दायर गरेको थियो।

गत असोज २७ गते प्रहरीले राष्ट्रिय टोलीका कप्तान सागर थापा, सन्दीप राई, अन्जन केसी, रितेश थापा र विकाससिंह क्षेत्रीलाई विभिन्न ठाउँबाट समाएको थियो| खेलाडीमाथि लगाइएको अभियोग पुष्टि भए जन्मकैदसम्मको सजाय हुनेछ।

April 10, 2025

चितवनलाई हराउँदै ललितपुर शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ। चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे। पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा […]

April 10, 2025

वालिङ महिला फुटबलको फाइनलमा

सुमन अधिकारी,बुटवल पूर्णिमा राईको प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेपछि वालिङको‌ ट्रिनेटी युवा क्लब बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।भारत मणिपुरको एमएससी भारतलाई ४-० ले हराउँदै उपाधि नजिक पुगेको हो। पूर्णिमाले २० औं मिनेटमा पहिलो गोल गरिन् । पूर्णिमाले ३० औं मिनेटमा गोल गरेपछि वालिङले पहिलो हाफमा २-० […]

April 10, 2025

पहिलो हाफमा ललितपुरलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र चितवन एफसीबीचको खेल जारी छ । पहिलो हाफको समाप्तीमा ललितपुरले १-० को अग्रता बनाएको छ । उसको लागि इमोह इजेकियलले गोल गरे । दशरथ रङ्गशालामा आज चितवन तेस्रो जित निकाल्दै शीर्षस्थानमा कायमै रहने दाउमा छ । ललितपुर भने दोस्रो जितको खोजीमा छ। आज […]

Success

Thank you for your time.