8 years ago
July 2, 2017
एजेन्सी – सेमिफाइनलमा पराजित टोली मेक्सिको र पोर्चुगल फिफा कन्फेडेरेसन कप अन्तर्गत तेश्रो स्थानको खेलको लागि आज मैदानमा उत्रदैछन्। मेक्सिकोले जर्मनी र पोर्चुगलले चिलीसँग सेमीफाइनलमा पराजित भएको थियो।
समूह चरणमा यी दुई टोलीको खेल हुँदा खेल २-२को बराबरीमा सकिएको थियो। खेलको अन्तिम मिनेटमा हेक्टर मोरेनोले हेडर गोल गर्दै अंक बाँड्न बाध्य पारेका थिए। मेक्सिको र पोर्चुगलबिचको पछिल्ला ४ खेलमा पोर्चुगल अपराजित रहेको छ। पोर्चुगल उक्त खेलमा रहेको २ जित र २ बराबरीको नतिजालाई कायम राख्ने लक्ष्यमा हुनेछ।
यद्दपी पोर्चुगलका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो सेमिफाइनल खेल सकिएलगत्तै टोली छाडेर गएका छन्। आफ्नो जुम्ल्याहा छोराहरु जन्मेपछि टोली व्यवस्थापनले उनलाई बिदा दिएको हो। रोनाल्डोले मेक्सिको विरुद्धको खेलमा सहभागिता जनाउने छैनन्। यद्दपी पछिल्लो खेल प्रतिबन्धका कारण गुमाएका डिफेन्डर पेपे भने छनोटको लागि योग्य हुनेछन्।
मेक्सिकोले पनि यस खेलका लागि वैकल्पिक खेलाडीहरुलाई मौका दिने बुझिएको छ। गोलरक्षक गिल्लेर्मे ओचोआ, डिफेन्डर हेक्ट मोरेनो, फरवार्ड जाभिएर हर्नान्डेज लगायतका खेलाडीहरुलाई विश्राम दिइने बुझिएको छ।
खेल नेपाली समयानुसार रातको ७:४५ बजे सुरु हुनेछ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]