8 years ago
July 2, 2017
पोर्चुगल (एजेन्सी) – रियल म्याड्रिडसँग १० वर्ष बिताएका पोर्चुगेली सेन्टर डिफेन्डर पेपेले आउदो सिजन टर्कीको सुपर लिगमा बिताउने सम्भावना देखिएको छ। रियल म्याड्रिडसँग सम्झौता समाप्त भएको र नयाँ करार नपाएकोले पेपेको रियल म्याड्रिड करियर समाप्त भएको हो।
पिएसजीसँग नजिकिएको सम्झौता विफल भएपछि पेपे टर्कीको क्लब बेसिक्टासमा आबद्ध हुने सम्भावना बढेको हो। पिएसजीसँग मेडिकलसम्म गरेका पेपे र क्लब बिच करारको अवधिमा कुरा नमिलेपछि अन्तिम समयमा सम्झौता हुन सकेन। पेरिसले २ वर्षको करार गर्ने इच्छा देखाएपनि पेपेले कम्तिमा ३ वर्षको सम्झौता हुनुपर्ने माग राखेका थिए।
हाल पोर्चुगलसँग कन्फेडेरेसन कपमा व्यस्त रहेका पेपेले प्रतियोगिताको अन्त्यपछि इस्तानबुल पुगेर बेसिक्टाससँगको सम्झौता गर्ने बुझीएको छ। पेपेले कन्फेडेरेसन कप अन्तर्गत सेमिफाइनल खेल प्रतिबन्धका कारण गुमाएका थिए। उक्त खेलमा पोर्चुगल चिलीसँग पेनाल्टीमा हार्दै उपाधि होडबाट बाहिरिएको थियो।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]