8 years ago
July 2, 2017
लन्डन (एजेन्सी) – प्रिमियर लिग बिजेता चेल्सीले आउने २०१७/१८ सिजनको लागि नयाँ जर्सी सर्वाजनिक गरेको छ । चेल्सीले क्लबकै इतिहासमा पहिलो पटक नाइकको जर्सी लगाउने भएको हो । सन् १९७० को डिजाइनलाई प्रतिबिम्बित गर्दै नयाँ होम किट बनाइएको नाइकले जनाएको हो ।
होम किटमा निलो जर्सीमा सेतो मोजा रहेको छ भने अवे किटमा सेतो जर्सीमा निलो मोजा मिलाइएको छ । सिल्भर रंगको अवे जर्सीले चेल्सीले अहिलेसम्म जितेको सिल्भरवेरलाई प्रतिनिधित्व गर्ने नाइकले बताएको हो । चेल्सीको जर्सीमा योकोहामा टायर्स मुख्य प्रायोजकमा कायम छ ।
यसअघि चेल्सीले एडिडासको जर्सी प्रयोग गर्दै आएको थियो। चेल्सीका डेबिड लुइज, एडेन हजार्ड, लगायतका खेलाडी पनि नाइक कम्पनिकै खेल सामग्री प्रयोग गर्छन।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]