8 years ago
July 1, 2017
एजेन्सी – रियल म्याड्रिडका २३ वर्षीय युवा स्ट्राइकर मरियानो डियाजले पहिलो टोलीमा अवसर नपाएको भन्दै फ्रान्सको शीर्ष श्रेणीको क्लब लियोनमा अनुबन्धित भएका छन्। करिब ८ मिलियन युरो खर्चेर लियोनले युवा स्ट्राइकर डियाजलाई क्लबमा भित्र्याएको हो।
डियाजले फ्रान्सेली क्लबसँग ५ वर्षको सम्झौता गर्दै क्लबको लागि यसै सिजन आबद्ध हुने चौथो खेलाडी बने। यसअघी लियोनले फर्नान्डो मार्कल, बर्टर्यान्ड ट्राओरे र फर्ल्यांड मेन्डिलाई भित्र्याइसकेको छ। डियाजले लियोनमा ११ नम्बर जर्सी पहिरिने छन्।
सन् २०११ देखि म्याड्रिडको युवा टोलीबाट खेल्दै औएका डियाज सन् २०१६/१७को सुरुवातदेखि रियल म्याड्रिडको सिनियर टोलीमा अटाएका थिए। गत सिजन सेल्टा भिगोसँग खेल्दै डेब्यु गरेका फरवार्डले पुरा सिजन ८ खेलमा सहभागिता जनाएका थिए। उनले डेपोर्टीभोसँगको खेलमा म्याड्रिडको लागि पहिलो गोल गरेका थिए। उनले कोपा डेल रेको २ खेलमा ४ गोल गर्दै आफ्नो खेलकौशल दर्शाएका थिए।
२०१५/१६को सिजनमा रियल म्याड्रिड ‘बी’का लागि २७ गोल गरेका उनले सिनियर टोलीमा राम्रो अवसर पाउने आशा गरिएको थियो। जिनेदिन जिदानले अल्भारो मोराटालाई दोश्रो स्ट्राइकरका रुपमा उपयोग गर्ने निर्णय लिएपछि उनले कमै मौका पाएका थिए।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]