8 years ago
July 1, 2017
एजेन्सी – इङ्गलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका नियमित गोलरक्षक विल्ली काबालेरोले अर्को सिजनका लागि चेल्सीसँग अनुबन्धित भएका छन्। चेल्सीले आफ्नो दोश्रो रोजाइका गोलरक्षक आस्मीर बेगोभिचलाई बर्नमाउथ पठाएपछि ३५ वर्षीय दक्षिण अमेरिकी गोलरक्षकले चेल्सीसँग सम्झौता गरेका हुन्।
यसै सिजनबाट सिटीको अनुबन्धन समाप्त भएपछि काबालेरोले चेल्सी रोजेका हुन्। स्पेनिस क्लब मालागाबाट सन् २०१४मा म्यानचेस्टर सिटि आएका उनले गत सिजन २६ खेलमा सहभागिता जनाएका थिए।
उनले इंगल्याण्डको च्याम्पियन टोलीसँग अनुबन्धित हुन पाउँदा खुसि व्यक्त गरेका छन्। ‘म यति ठुलो क्लबसँग आबद्ध हुन पाउँदा एकदम खुसि छु। आउने दिनमा क्लबसँग रहेर अझै धेरै सफलतामा साथ दिने कोसिस गर्नेछु।’
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]