8 years ago
July 1, 2017
अर्जेन्टिना (एजेन्सी) – ५ वर्षको उमेरदेखिको चिनजान प्रेममा बदलिएसँगै लामो समय सँगै बिताएका लियोनेल मेस्सी र एन्टोनेल्ला रोक्कुज्जो अन्तत: विवाह बन्धनमा बाँधिएका छन्। अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी मेस्सीले अर्जेन्टिनास्थित घरेलु सहर रोजरिओमा आफ्नी प्रेमिका रोक्कुज्जोसँग विवाह गरेका हुन्।
विवाहमा २ सय ५० जना पाहुनाहरुलाई निम्त्याइएको थियो भने १ सय ५० जना पत्रकारहरुको पनि उपस्थिति रहेको थियो। तर मुख्य समारोह र विवाह भोजमा भने पत्रकारहरुलाई अनुमति दिइएको थिएन। प्रतिष्ठित विदेशी मिडियाहरुले यस विवाहलाई शताब्दीकै उत्कृष्ट विवाहको संज्ञा पनि दिएका छन्।
मेस्सीको विवाहमा बार्सिलोनाका खेलाडीसँगै सर्जियो अगुएरो, एन्जल डी मारिया, सेस फब्रिगास लगाएतका फुटबल खेलाडीको उपस्थिति रहेको थियो।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]