8 years ago
July 1, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – अमेरिकाको डालसमा दोस्रो एनएसी (नेपाल अमेरिका कन्भेन्सन) फुटबल प्रतियोगिताको पहिलो दिन नेपाली राष्ट्रिय टोलीका फरवार्ड भरत खवास र राष्ट्रिय टोलीका पूर्व मिडफिल्डर राजु तामाङ चम्केका छन् । भरत र राजु सम्मिलित एलए एफसीले समूह चरणका दुवै खेल जित्दै क्वार्टरफाइनको यात्रा तय गरेको छ ।
पहिलो खेलमा एलएफसीले एकता एफसी (सानफ्रान्सिस्को) लाई ३–१ ले हरायो । पहिलो खेलमा भरतले ह्याट्रिक पुरा गरेका थिए । अर्को खेलमा एलएले डालास फोर्टवोर्थलाई ५–१ ल हरायो । त्यो खेलमा भरत र राजु दुवैले समान २ गोल गरेका थिए ।
भरतका अनुसार अब आज क्वार्टरफाइनल र सेमिफाइनल खेल हुनेछन् । तीन दिने प्रतियोगितामा एलए एफसीसँगै बाल्टिमोर एफसी, वासिंङटन डिसी, एभरेष्ट एफसी, न्यूयोर्क एफसी, इष्ट ब्वाइ युनाइटेड, डालास गुर्खा र डिएफडब्लू क्वार्टरफाइनलमा पुगेका छन् ।
प्रतियोगितामा पूर्व राष्ट्रिय खेलाडी प्रलय राजभण्डारी न्यूयोर्क एफसी तथा यू १९ पूर्व खेलाडी प्रशान्त गिरी एभरेष्ट एफसी र राजिव श्रेष्ठ वासिङ डिसीबाट खेलिरहेका छन् ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]