8 years ago
July 1, 2017
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाले ‘बाइ ब्याक क्लज’को उपयोग गर्दै विङ्गर जेरार्ड डेउलेफेउलाई एभर्टनबाट फिर्ता बोलाएको छ। बार्सिलोनाले क्लजको उपयोग गर्दै २१ मिलियन पाउण्ड खर्चेर डेउलेफेउलाई क्लबमा पुन: अनुबन्धित गरेको हो।
स्पेनको यू२१ टोलीका कप्तान रहेका डेउलेफेउले राम्रो प्रदर्शन गरेपछि दुवै क्लब र खेसाडीसँगको सम्झौतापश्चात उनि क्लबमा फर्किएका हुन्। डेउलेफेउले बार्सिलोनासँग हाल दुई वर्षको सम्झौता गर्नेछन्। उनले गत सिजन एसी मिलानबाट पनि लोनमा खेलेका थिए।
डेउलेफेउलाई बार्सिलोनाले हिजो आफ्नो सामाजिक संजालमार्फत घोषणा गर्दै पुन: अनुबन्धन गरेको जानकारी दिएको हो। उनले यसअघि उमेर समुहमा बार्सीलोनाकै टिमबाट खेलेका थिए। उनले सिनियर टोलीबाट पनि यसअघिनै डेब्यु गरिसकेका छन्।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]