8 years ago
June 30, 2017
स्पेन (एजेन्सी) – रियल म्याड्रिडका सेन्टर फरवार्ड अल्भारो मोराटा आउदो सिजन प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड आउने लगभग पक्का भएको छ । रियलको टोलीमा पहिलो रोजाइमा पर्न नसकेपछि मोराटाको माग ट्रान्सफर मार्केटमा बढेको हो।
गत सिजन रियलकालागि २० गोल गरेका मोराटाका लागि म्यानचेस्टर युनाइटेडले ६० मिलियन सम्म तिर्न तयार रहेको छ। रियलबाट युभेन्टसमा २० मिलियन युरोमा पुगेका मोराटा इटालीमा सफल २ सिजन पछि ३० मिलियनमा पुनः रियल फर्किएका थिए । स्पेनी समाचार श्रोत मार्साका अनुसार मोराटा आफ्नो छुट्टि अन्त्य भएसँगै म्यानचेस्टर पुग्नेछन्। यसअघि एसी मिलनले पनि मोराटालाई भित्राउने प्रयास गरेको थियो।
डेभिड डे हेयालाई युनाइटेडबाट रियलले किन्दा युनाइटेडले मोराटालाई माग गर्ने योजना बनाएपनि युनाइटेडले अस्विकार गरेपछि सो योजना बिफल भएको थियो। युनाइटेडले यसअघि डिफेन्डर भिक्टर लिन्डेलफलाई भित्र्याइसकेको छ।
यस सिजन मोराटाले रियलसंगै लिग उपाधि र च्याम्पियन्स लिगको फाइनलसम्मको यात्रा तय गरेपनि व्यक्तिगत रुपमा मैदानमा खेल्ने समय नपाउँदा उनि दुखित छन्। इटालीमा युभेन्टसबाट खेल्दा उनले प्रभावशाली प्रदर्शन गरेकाले पनि अन्य क्लबले उनलाई भित्र्याउन चाहेका हुन्।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]