8 years ago
June 30, 2017
आयरल्याण्ड (एजेन्सी) – आयरल्याण्डको प्रिमियरसिपमा एकै खेलाडीलाई दुइ क्लबले आबद्ध गरेको भनेपछि समस्या उत्पन्न भएको छ ।
यर्क सिटीसँग १ बर्ष बिताएका जोश रबिनसन यसै सिजन उक्त क्लबबाट रिलिज भएपछि आइरिस प्रिमियरसिपमा दुइ क्लबले आबद्ध गरेको दाबि गरेका छन् । अघिल्लो सिजन आइरिस प्रिमियरसिपमा पहिलो भएको लिनफिल्ड र दोस्रो भएको क्रुसडरले उनलाई भित्र्याएको भनेर आधिकारिक घोषणा गरेको हो ।
लिनफिल्डले रबिनसनसँग ३ बर्षको सम्झौता गरेको दाबि गरेको छ भने क्रुसडरले अनुसार उनलाई ४ बर्षकोलागी आबद्ध गरेको दाबी गरेको हो । आइरिस फुटबल एसोसिएसनले यो घटनामा छानबिन गर्दै छ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]