8 years ago
June 30, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड प्रशिक्षक जिनेदिन जिदानका जेठा छोरा इन्जो जिदानले रियल म्याड्रिड छाडेर ला लिगको अर्को क्लबसँग आबद्ध भएका छन् ।
२२ वर्षीय मिडफिल्डर इन्जोले बिहिबार डीपोर्टीभो अलाभेससँग तीन वर्षे सम्झौता गरेको क्लबले जनाएको छ । रियल म्याड्रिडको दोस्रो टोली कास्टिलासँग ७८ खेल खेलेका इन्जोले ७ गोल गर्दै १५ गोलका लागि पास मिलाएका थिए । कोपा डेल रेमा रियलबाट तेस्रो डिभिजनको क्लब कल्टुरल लियोनेसासँगको डेब्युमा गोल गरेपछि इन्जोले रियलको पहिलो टोलीसँग अन्य खेल खेल्ने अवसर पाएनन् ।
“डीपोर्टीभो अलाभेस इन्जोलाई क्लबमा स्वागत गर्दै आउने सिजनकालागि उनलाई शुभकामना दिन चाहान्छ “, क्लबको आधिकारिक वेबसाइटमा लेखिएको थियो । अलाभेस अघिल्लो सिजन ला लिगामा नवौ स्थानमा रह्यो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]