default_image

8 years ago

June 30, 2017

जर्मनी उपाधि नजिक

79 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गतको दोश्रो सेमिफाइनल खेलमा मेक्सिकेलाई ४-१ले पराजित गर्दै जर्मनीले फाइनलमा स्थान पक्का गर्यो।

खेलको छैटौं मिनेटमा लियोन गोरेट्जकाले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए। त्यसको १ मिनेट बित्न नपाउँदै आठौं मिनेटमा गोरेट्ज्काले पुन: गोल गर्दै अग्रता दोब्बर पारे। निकै मौकाहरु सिर्जना गरेपनि गोल गर्न नसक्दा मेक्सिको खेलमा फर्कन सकेन।

दोश्रो हाफको ५९औं मिनेटमा टिमो वेर्नरले गोल गर्दै जर्मनीलाई ३-०ले अघि बढाएका थिए। नियमित समयको १ मिनेट बाँकी हुँदा मेक्सिकोले गोल गर्दै अग्रता घटाएको थियो। मार्के फाबियानले खेललाई ३-१को स्थितिमा ल्याए। तर, अमिन युनेसले अन्तिम समयमा गोल गरेपछि खेल ४-१ले समापन भयो।

आइतबार हुने फाइनल खेलमा चिली र जर्मनी भिड्ने पक्का भएको छ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.