8 years ago
June 29, 2017
बार्सिलोना (एजेन्सी) – बार्सिलोनाले आगामी सिजनमा प्रयोग गरिने अवे जर्सी सार्वाजनिक गरेको छ। केहि समयअघि नयाँ प्रशिक्षकको रुपमा अर्नेस्टो भालभर्देलाई सार्वजनिक गरेसँगै बार्सिलोनाले आउदो २०१७/१८ सिजनको होम जर्सी पनि सार्वजनिक गरेको थियो।
बार्सिलोनाले आगामी सिजन प्रयोग गर्ने अवे किट आकाशे निलो रंगको रहनेछ। बार्सिलोनाले पहिलो रोजाईको जर्सी जुधेको खण्डमा यो जर्सी पहिरिने गरेको छ।
बार्सिलोनाको नयाँ जर्सीमा मुख्य परिवर्तन भनेको प्रायोजक हो । यसअघि कतार एयरवेज मुख्य प्रायोजकका रुपमा रहेको जर्सीमा पहिलो पटक जापानी कम्पनी राकुटेन देखिनेछ ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]