default_image

8 years ago

June 29, 2017

जर्मनी र मेक्सिको सेमिफाइनलमा भिड्दै

112 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बिहिबार राती हुने दोश्रो सेमिफाइनल खेलमा जर्मनी र मेक्सिको आमनेसामने हुँदै छन्। जर्मनी समूह ‘बी’ को विजेता बन्दै दोश्रो चरणमा आइपुगेको हो भने मेक्सिको समूह ‘ए’को उपविजेता रहँदै सेमिफाइनलका लागि छनोट भएको थियो।

समूह चरणका तिनै खेलमा दुवै टोलीले हार व्येहोरेका थिएनन्। दुवै टोलीले २ जित र १ बराबरीसँगै ७ अंक जोडेर  सेमिफाइनलमा स्थान पक्का गरेका थिए। पछिल्ला ३ खेलमा २ गोलको दरले ६ गोल गरेको मेक्सिको कमजोर जर्मन डिफेन्सको फाइदा उठाउँदै फाइनलमा पुग्ने दाउमा छ भने तुलनात्मक रुपमा आफ्नो केहि कमजोर टोली ल्याएको जर्मनी भने चिलीसँग फाइनल खेल्ने सुरमा हुनेछ।

जर्मनीका लागि समूह चरणको अन्तिम खेलमा क्यामरुन विरुद्ध २ गोल गरेका फरवार्ड टिमो वेर्नर र त्यसअघिका २ खेलमा २ गोल गरेका लार्स स्टीन्डल आक्रमणमा रहेका छन्। यद्दपी स्थान अभावका कारण यी दुइमध्य १ खेलाडी मात्र खेल्ने सम्भावना प्रबल छ। प्रशिक्षक जोकिम लोले प्रतियोगिताको सुरुवातमै लेरोय साने र डिएगो डेम्मेलाई चोटका कारण गुमाइसकेका छन्।

यता मेक्सिकोका नियमित कप्तान आन्द्रेस गुआर्डाडो दोहोरो पहेंलो कार्डका कारण यस खेलका लागि प्रतिबन्धित छन्। उनीसँगै चोटका कारण कार्लोस सालसीडो पनि यस खेलमा उपस्थित हुने छैनन्। चोटकै कारण डिएगो रेयेस र जाभियर हर्नान्डेजको उपस्थितिमा पनि शंका उत्पन्न भएको छ।

जर्मनीका प्रशिक्षक जोकिम लोले युवा खेलाडीहरुको लागि अनुभव बटुल्न यस प्रतियोगितालाई प्रयोग गरेपनि टोलीले राम्रो प्रदर्शन गर्दै नतिजा आफ्नो पक्षमा ल्याएको छ। उनले भविष्यमा राष्ट्रिय टोलीमा खेल्न सक्ने सम्भावना बोकेका खेलाडीहरुलाई समेटेर युवा टोलि बनाएका थिए। डिफेन्समा केहि समस्या देखिएपनि समयसँगै त्यसमा सुधार आउनेमा लो विश्वस्त छन्।

खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.