8 years ago
June 29, 2017
एजेन्सी – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो जुम्ल्याहा सन्तानको पिता बनेका छन्। यसअघि सरोगेसीको सहायता लिंदै १ छोरा रहेका रोनाल्डोको दोश्रो पटकमा भने जुम्ल्याहा भएको हो।
क्रिस्टियानो रोनाल्डो
३२ वर्षीय सुपरस्टारले पोर्चुगलको कन्फेडेरेसन कपको हार व्येहोरेको केहि घण्टापछि आफु पुन: पिता बनेको घोषणा गरेका थिए। उनको पहिलो छोरा, क्रिस्टियानो जुनियर हाल ७ वर्ष पुगिसकेका छन्। उनको जुम्ल्याहा सन्तानमा दुवै छोरा रहेका छन्।
‘म राष्ट्रिय टोलीको ड्युटीमा खटिएको थिएँ। मैले छोराको जन्म भएको थाहा पाएपनि हाल राष्ट्रिय टोलीमै ध्यान दिएको थिएँ। हामी हाम्रो मुख्य लक्ष्यसम्म पुग्न असफल रह्यौं तर मलाई विश्वास छ हामी समर्थकहरुलाई खुसि दिने सक्नेछौँ।’
पोर्चुगलको राष्ट्रिय टोलीले तेश्रो स्थानको खेलका लागि रोनाल्डोलाई घर फर्कने स्वीकृति दिएको छ। ‘म फुटबल संघका अध्यक्ष लगायत सम्पूर्ण सदस्यलाई धन्यवाद दिन चाहन्छु। अन्तत: म मेरो सन्तानहरुसँग केहि समय बिताउन जाँदैछु।’
रोनाल्डोले आगामी आइतबार हुने तेश्रो स्थानको खेलमा सहभागिता जनाउने छैनन्।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]