8 years ago
June 29, 2017
एजेन्सी – अर्जेन्टिनाका कप्तान एवं बार्सिलोनाका स्टार खेलाडी लियोनेल मेस्सीले अर्जेन्टिनास्थित रोजरिओ सहरमा आफ्नी प्रेमिका एन्टोनेल्ला रोक्कुज्जोसँग विवाह गर्दैछन्। एउटै सहरमा हुर्केका मेस्सी र रोक्क्कुज्जो बीच ५ वर्षको उमेरदेखि चिनजान रहेको थियो।
दुवैजना लामो समयदेखि बार्सिलोनामा बस्दै आएपनि विवाहका लागि भने जन्मथलोनै फर्किएका हुन्। मेस्सी र रोक्कुज्जोका दुइ सन्तान छन्। थियागो ४ वर्षका छन् भने दोश्रो सन्तान माटेयो १ वर्ष पुगेका छन्। शुक्रबार हुने विवाह कार्यक्रममा मेस्सीले बार्सिलोनाका सम्पूर्ण खेलाडीलाई बोलाएका छन्।
लुइस सुआरेज र नेयमार बिवाहको अघिल्लो दिननै अर्जेन्टिना पुग्ने कार्यक्रम रहेको छ भने पुर्व खेलाडी जाभी र फाब्रिगास पनि विवाहमा सरिक हुनेछन्। स्पेनिस मिडियाका अनुसार पुर्वप्रशिक्षक लुइस एन्रिकेलाई भने मेस्सीले निम्तो पठाएका छैनन्।
यसैगरि बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके उनकी श्रीमती शाकिरा र मेस्सीको प्रेमिका रोक्कुज्जोबिचको चिसो सम्बन्धका कारण विवाहमा सहभागी नहुने भएका छन्। आन्द्रेस इनिएस्टा पनि विशेष कारणले उपस्थित नहुने जानकारी प्राप्त भएको छ।
विवाहमा करिब २ सय भन्दा बढी सेक्युरिटी गार्ड परिचालन गरिनेछ भने समर्थकहरुको लागि विवाह कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्न विवाह स्थल बाहिर ठुलो स्क्रिन खडा गरिएको छ। रोजारियोमा हिंसात्मक गतिविधि बढ्दै गएकाले प्रहरीले पनि केहि दिनयता सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]