8 years ago
June 29, 2017
एजेन्सी – पेनाल्टी सुटआउटमा ३-०को जित हात पार्नु कुनैपनि स्तरको खेलमा निकै कठिन हुने गर्दछ। तर, फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगलविरुद्ध पहिलो तीन पेनाल्टीमै खेलको नतिजा निकाल्न सफल भयो। पेनाल्टी सुटआउटमा चिलीका लागि कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभो नायक सावित भए। उनले सुरुवाती ३ पेनाल्टी रोक्दै टोलीको जित पक्का गरेका थिए।
खेलअगाडी पत्र-पत्रिका र सामाजिक संजालमा क्रिस्टियानो रोनाल्डो र एलेक्सिस स्यान्चेजकै वरपर चर्चा परिचर्चा चलिरहे पनि खेलमा भने उनिहरुको प्रदर्शन आशातीत रहन सकेन। दुवै खेलाडीमा खेललाई कुनैपनि समय आफ्नो कब्जामा ल्याउन सक्ने खुबी भएपनि १ सय २० मिनेटको खेल समयमा दुवै खेलाडी एक मौकाको खोजीमै रहिरहे। दुवै खेलाडीले आफ्नो टोलीका लागि अग्रता दिलाउने मौका पाएपनि उक्त अवसरलाई सदुपयोग गर्न नसक्दा समर्थकहरु निराश हुनुपर्यो।
दुवै टोलीका प्रशिक्षकको मुख्य खेलाडी चल्न नसकेपनि अन्य केहिले भने राम्रो प्रदर्शन गरे। चिलीका लागि आर्टुरो भिडाल मिडिफिल्डमा पुरै दुई घण्टा खेलसमयभर चलायमान देखिए। उनको १ सय १९औं मिनेटको प्रहार क्रसबारमा लागेर फर्कंदा मार्टिन रोड्रीग्वेजले फिर्ता आएको प्रहारलाई न्याय दिन सकेनन्। उनलो आफ्नो पेनाल्टी प्रहार पनि उत्तिकै राम्रो फिनिस गरे।
पोर्चुगलका लागि बर्नार्डो सिल्भा र विलियम कार्भाल्होले सम्भवत: राष्ट्रिय टोलीका लागि आफ्नो सर्वोत्कृष्ट प्रदर्शन दिए। खुट्टामा चोट बोकेपछि मैदान छाडेका सिल्भाले त्यसअघि पोर्चुगलका लागि राम्रा अवसरको सिर्जना गरेका थिए। कार्भाल्होले भने डिफेन्सिभ मिडफिल्डको जिम्मेवारीलाई उत्कृष्ट ढंगले पुरा गरे।
पेनाल्टि सुटआउटमा चिलीका लागि नायक बनेका गोलरक्षक ब्राभो खेलअघि सायदै कसैको दिमागमा त्यस भूमिकामा आएका थिए। तर उनले पोर्चुगलका तीनैवटा पेनाल्टीलाई परास्त पार्दै टोलीलाई फाइनलतर्फ डोर्याए। रिकार्डो करेज्मा र जोआओ मोउटिन्होको प्रहारलाई दायाँतर्फ डाइभ दिएर बिफल तुल्याएका उनले नानीको निर्णायक प्रहार बाँयातर्फ डाइफ दिंदै बचाएका थिए।
कप्तानको प्रेरणादायी प्रदर्शनसँगै चिलीले फाइनलको यात्रा तय गरेको छ। उपाधि भिडन्तअघि एक समय टोलीबाट बिलिन भइसकेका कप्तानबाट यस्तो प्रदर्शन आउनुले टोलीलाई अझ हौसला मिलेको छ।
हाइलाइट्स
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]