default_image

8 years ago

June 29, 2017

पोर्चुगललाई हराउँदै चिली फाइनलमा

110 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार रातीको पहिलो सेमिफाइनल खेलमा चिलीले पोर्चुगललाई पराजित गरेको छ। निर्धारीत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलको टुङ्गो पेनाल्टि सुटआउटबाट भएको थियो। पेनाल्टिमा चिली ३-०ले विजयी रह्यो।

निकै प्रतिस्पर्धात्मक खेलको नियमित समयमा दुवै टोलीले केहि अवसरहरु पाएपनि त्यसको सदुपयोग गर्न सकेनन्। अतिरिक्त समयको अन्तिम मिनेटमा चिलीको आर्टुरो भिडाल र मार्टिन रोड्रिग्वेजको प्रहार लगातार क्रसबारमा लागेपछि खेल सुटआउटमा पुगेको थियो।

सुटआउटमा चिलीले आफ्नो पहिलो ३ प्रहार गोलमा परिणत गर्दा पोर्चुगलका तिनै प्रहार चिलीका गोलरक्षक एवं कप्तान क्लाउडियो ब्राभोले बचाएका थिए। चिलीका लागि क्रमश: आर्टुरो भिडाल, चार्ल्स अराङ्गुइज र एलेक्सीस स्यान्चेजको प्रहार गोल भएको थियो।

यता पोर्चुगलका लागि रिकार्डो करेज्मा र जोआओ मोउटिन्होको प्रहार गोलरक्षक ब्राभोले दायाँतिर डाइभ हान्दै बचाए भने नानीको निर्णायक प्रहार बाँया पट्टि बचाउ गरेका थिए। प्रतियोगिताको पहिलो २ खेलमा विश्राम पाएका ब्राभो खेलको म्यान अफ द म्याच भए।

फाइनलमा चिलीले बिहिबार हुने जर्मनी र मेक्सिको बिचको सेमिफाइनलको विजेतासँग उपाधिको लागि खेल्नेछ।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.