default_image

8 years ago

June 28, 2017

रिसाए पनि रोनाल्डोले रियल छाड्दैनन्

116 views

0 Bookmark

स्पेन (एज्नेसी) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो ‘रिसाएका छन्’ तर रियल म्याड्रिडका अध्यक्ष फलोरेन्टिनो पेरेजका अनुसार उनले यो सिजन रियल म्याड्रिड छाड्ने छैनन्।

Ronaldo

क्रिस्टियानो रोनाल्डोको सन्दर्भमा खुलेर बोल्दै रियलका अध्यक्षले पोर्चुगिज स्टार रोनाल्डो रियलमा बस्नेमा विश्वस्त रहेको बताए ।

‘रोनाल्डो रिसाएका छन्, तर हाल उनको सम्झौता रियलसँग छ। हामी कन्फेडेरेसन कप सकिए लगत्तै रोनाल्डोसँग कुरा गर्नेछौ’, पेरेजले एस रेडियोलाई ।

‘उनि रिसाएपनि अझै रियलका खेलाडी हुन्, मेरो बिचारमा रोनाल्डोले हाल रियल छाड्दैनन्’ , उनले थपे ।

त्यस्तै रोनाल्डोको कर छली अभियोगमा पनि पेरेजले टिप्पणी दिए । ‘हामीले हाम्रो कानुनि दायित्व पुरा गर्नुपर्छ । म्याड्रिडले कुनै खेलाडीको व्यक्तिगत समस्यामा चासो देखाउन जरुरि छैन तर रोनाल्डोले केहि नलुकाएको हुनु पर्छ ‘, उनले थपे ।

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

Success

Thank you for your time.