8 years ago
June 28, 2017
एजेन्सीको सहयोगमा
काठमाडौँ (हाम्रो खेलकुद) – ट्रान्सफर विन्डो चलीरहँदा क्लबहरु खेलाडी भित्र्याएर नयाँ सिजनको तयारीमा व्यस्त छन् । केहि क्लबहरुले खेलाडी आबद्ध गरिसके भने केहिको नयाँ खेलाडीसँग जोडिने क्रम जारि छ । एजेन्सीको सहयोगमा हामीले यस सिजनको ट्रान्सफर विन्डोमा धेरै जसो क्लबको चासोमा रहेका मिडफिल्डरहरुको सुची तयार पारेका छौँ ।
हामेस रोड्रीग्वेज
रियलसँग सिमित खेल समय मात्र पाएका रोड्रीग्वेजले यस सिजन २२ खेल खेल्दा १३ खेल मात्र सुरुवात गरे । रियलका प्रशिक्षक जिदानको योजनामा कमै अटाएका रोड्रीग्वेज नियमित भूमिकाको लागि अर्को क्लब जाने सम्भावना बलियो छ । म्यानचेस्टर युनाइटेडले उनीमाथी चासो देखाएपनि उनलाई भित्र्याउन अहिलेसम्म कुनै औपचारिक कदम भने चालेको छैन । यस सिजन धेरै खेल्न नपाएपनि उनले २२ खेलमा ८ गोल गर्दै ६ असिस्ट दिन सफल भएका थिए ।
मार्को भेर्राट्टी
पिएसजीबाट सेन्टर मिडफिल्डमा खेल्ने २४ वर्षीय इटालियन मिडफिल्डर हाल बार्सिलोनाको नजरमा परेका छन् । पेस्काराबाट २०१२ मा फ्रान्सको लिग वान क्लब पिएसजीसँग आबद्ध भएका उनले बार्सिलोनामा मिडफिल्डको समस्याको हल गर्ने अनुमान लगाइएको छ । मिडफिल्डमा पकड देखाउने भेर्राट्टीले यो सिजन हरेक खेलमा औसत ८७.५ पास निकालेका थिए ।
फाबिन्हो
फ्रान्सको लिग वोन बिजेता मोनाकोसँग सफल सिजन बिताएका ब्राजिलियन फाबिन्होले आफुलाई राइट ब्याकबाट डिफेन्सिभ मिडफिल्डमा उतारेका छन् । रियल म्याड्रिडमा असफल कार्यकालपछि मोनाकोसँग आबद्ध फाबिन्हो मिडफिल्डमा बल खोस्न सिपालु छन् । मिडफिल्डमा डिफेन्सिभ रुपमा कडा प्रस्तुति दिनसक्ने उनि गोल गर्न पनि पछि पर्दैनन् । मोनाकोबाट खेलेका ६७ खेलमा उनले १४ गोल गरेका छन् । उनको धेरै जसो गोल पेनाल्टीबाट आएको छ । उनलाई हाल म्यानचेस्टर युनाइटेड र पिएसजीले भित्राउने प्रयास गर्दै छ ।
इभान पेरिसिच
यो सिजन ११ गोल गर्दै ८ असिस्ट गर्न सफल पेरिसिच जोसे मोउरिन्होको नजरमा छन् । ट्रान्सफरको सुरुवात देखि पेरिसिच म्यानचेस्टर युनाईटेडसँग जोडिदै आएका छन् । २८ वर्षे क्रोयसिएन विङ्गमा खेल्ने गर्दछन भने आवश्यकता अनुसार उनि आक्रमक मिडफिल्ड र सेकेन्ड स्ट्राइकरको रुपमा पनि खेल्दछन् ।
नाबी केइटा
प्रारम्भिक रिपोर्टहरुलाई आधार मान्ने हो भने आरबि लेप्जिगका मिडफिल्डर केइटा यो विन्डोको सबैभन्दा महँगा खेलाडी बन्न सक्नेछन् । २२ वर्षीय केइटाका लागि हाल लिभरपुल लेप्जिगसँग सहमतिमा आउने प्रयासमा छ । यो सिजन ८ गोल गर्दै ६ असिस्ट दिएलाएका केइटा मिडफिल्डको धेरै जसो स्थानमा खेल्न सक्छन ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]