8 years ago
June 28, 2017
एजेन्सी – कोपा अमेरिका उपाधि जितेको चिलीले बुधबार हुने फिफा कन्फेडेरेसन कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा पोर्चुगलको सामना गर्दैछ। युरोपेली च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगललाई निराश पार्दै चिली फाइनल पुग्ने धुनमा हुनेछ।
समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल पुगेको चिलीले प्रतियोगितामा अझैसम्म हारको सामना गर्नपरेको छैन। पहिलो खेलमा क्यामरुनलाई २-०ले पराजित गरेपनि पछिल्ला २ खेलमा भने अंक बाँडेको थियो। जर्मनीसँग १-१को बराबरी खेलेको चिलीले अन्तिम खेलमा अष्ट्रेलियासँग पनि १-१कै बराबरी खेल्दै सेमिफाइनलमा स्थान बनाएको थियो।
चिलीको लागि भने टोलीमा केहि समस्या रहेको छैन। अष्ट्रेलियाविरुद्धको खेलमा डिफेन्डर ग्यारी मेडेल चोटका कारण विश्राममा बसेका थिए। प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले यस खेलका लागि मेडेल उपलब्ध रहने बताएका छन्। यसैगरी अष्ट्रेलियासँगको खेलमा कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले पनि पुनरागमन गरेका छन्। पहिलो २ खेलमे वैकल्पिक खेलाडीका रुपमा बेन्चमै रहेका उनले पोर्चुगलविरुद्ध सुरुवात गर्ने सम्भावना प्रबल छ।
चिलीको सम्भावित सुरुवाती एघार:
क्लाउडियो ब्राभो (कप्तान)
मौरिसियो इस्ला – ग्यारी मेडेल – गोन्जालो जारा – कार्लोस मेना
मार्सेलो डिआज
जोसे अरान्गुइज – हर्नानडेज
आर्टुरो भिडाल
एडुआर्डो भार्गास – एलेक्सिस स्यान्चेज
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]