default_image

8 years ago

June 28, 2017

चिलीविरुद्ध पोर्चुगलको सम्भावित सुरुवाती एघार

64 views

0 Bookmark

एजेन्सी – गत वर्ष युरोपेली च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगलले बुधबार हुने  फिफा कन्फेडेरेसन कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा चिलीको सामना गर्दैछ। कोपा अमेरिका उपाधि जितेको चिलीलाई पराजित गर्दै पोर्चुगल फाइनल पुग्ने धुनमा हुनेछ।

समूह चरण अन्तर्गतका खेलहरुमा पोर्चुगल अपराजित रहँदै समूह ‘ए’को विजेताको रुपमा सेमीफाइनल प्रवेश गरेको हो। पहिलो खेलमा पोर्चुगलले मेक्सिकोसँग २-२को बराबरी खेलेको थियो भने दोश्रो खेलमा रसियालाई १-०ले पराजित गर्यो। समूहको अन्तिम खेलमा न्युजिल्याण्डलाई ४-०ले पराजित गर्दै पोर्चुगलले दोश्रो चरणमा आफ्नो स्थान पक्का गरेको थियो।

पोर्चुगलका लागि डिफेन्डर राफेल गुर्रेरो प्रतियोगिताको बाँकी खेलमा चोटका कारण उपस्थित हुने छैनन्। खुट्टामा चोट लागेका कारण उनलाई प्रशिक्षकले विश्राम दिने निर्णय गरेका हुन्। पोर्चुगलका लागि डिफेन्डर पेपे समूह चरणमा पाएको २ पहेंलो कार्डका कारण उपलब्ध हुने छैनन्। डिफेन्डर सेड्रिक र मिडफिल्डर बर्नार्डो सिल्भा पनि चोटका कारण सुरुवातदेखि खेल्नेमा शंका रहेको छ।

पोर्चुगलको सम्भावित एघार:

रुइ प्याट्रीसियो (गोलरक्षक)

सेड्रिक – ब्रुनो आल्भेस – जोसे फोन्टे – एलिसेउ

बर्नार्डो सिल्भा – विलियम कार्भाल्हो – जोआओ मोउटिन्हो – रिकार्डो करेज्मा

आन्द्रे सिल्भा – क्रिस्टियानो रोनाल्डो (कप्तान)

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

Success

Thank you for your time.