default_image

8 years ago

June 28, 2017

इंग्ल्यान्डलाई पराजित गर्दै जर्मनी फाइनलमा

90 views

0 Bookmark

एजेन्सी – युरोपेली यू२१ च्याम्पियनसिप अन्तर्गत मंगलबार राती भएको पहिलो सेमिफाइनल खेलमा जर्मनीले पेनाल्टी सुटआउटमा इंग्ल्यान्डलाई ४-३ले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ। निर्धारित समय २-२को बराबरी र थप गरिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटतर्फ धकेलिएको थियो।

जर्मनीका लागि डेविड सेल्केले ३५औं मिनेटमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर लेस्टर सिटिका डेमारे ग्रेले क्लिएर नभएको कर्नरको फाइदा उठाउँदै ४१औं मिनेटमा बराबरी गोल फर्काए। दोश्रो हाफको सुरुवातमै इंग्ल्यान्डले खेलमा अग्रता लिएको थियो। ट्यामी अब्राहमले ५२औं मिनेटमा गोल गर्दै खेलमा इंग्ल्यान्डलाई अगाडी बढाएका थिए। तर, वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेलिक्स प्लाटले कर्नरबाट आएको बललाई हेडरमार्फत गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेट अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा जर्मनीले पहिलो प्रहार गर्दै आफ्नो दोश्रो पटकको प्रहार चुकाएको थियो। तर, इंग्ल्यान्डले पनि दोश्रो प्रहारमै चुकेपछि खेल बराबरीमै अघि बढ्यो। सुटआउटको अन्तिम पेनाल्टीमा नाथन रेडमन्ड चुकेपछि जर्मनीले खेल जितेको थियो।

जर्मनीका लागि कप्तान म्याक्सीमिलियन आर्नल्ड, म्याक्स फिलिप, म्याक्स मायर र नदीम अमिरीले गोल गरेका थिए भने यानिक गर्हार्डटको प्रहार गोलरक्षक जोर्डन पिकफर्डले बचाएका थिए। इंग्ल्यान्डका लागि लेविस बेकार, जेम्स वार्ड प्राउज र लेस्टरका बेन चिलवेलले आफ्नो पेनाल्टी सफल पारे भने चेल्सीका ट्यामी अब्राहम र साउथह्याम्पटनका नाथन रेडमण्डको प्रहार ह्यामबर्गका गोलरक्षक जुलियन पोलर्सबेकले बिफल तुल्याएका थिए।

March 6, 2025

पुलिस विराट गोल्डकपको सेमिफाइनलमा

विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा  साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

Success

Thank you for your time.