default_image

8 years ago

June 28, 2017

पोर्चुगल र चिली सेमिफाइनलमा भिड्दै

118 views

0 Bookmark

एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत बुधबार हुने पहिलो सेमिफाइनल खेलमा पोर्चुगल र चिली आमनेसामने हुँदैछन्। फाइनल प्रवेशका निम्ति खेलअघि दुवै टोलीका खेलाडी एवं प्रशिक्षकले आफ्नो टोली फाइनल पुग्ने दावा गरेका छन्।

युरोपेली च्याम्पियन पोर्चुगल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने कोपा अमेरिकाको उपाधि जितेको चिली समुह ‘बी’को उपविजेताको रुपमा दोश्रो चरणमा आइपुगेको हो। पोर्चुगल र चिली दुवै टोली जारी प्रतियोगितामा अपराजित रहेका छन्। फाइनल प्रवेशका निम्ति सो नतिजालाई कायम राख्न दुवै टोलीलाई दबाव छ।

पोर्चुगलका लागि डिफेन्डर राफेल गुर्रेरो प्रतियोगिताको बाँकी खेलमा चोटका कारण उपस्थित हुने छैनन्। खुट्टामा चोट लागेका कारण उनलाई प्रशिक्षकले विश्राम दिने निर्णय गरेका हुन्। पोर्चुगलका लागि डिफेन्डर पेपे समूह चरणमा पाएको २ पहेंलो कार्डका कारण उपलब्ध हुने छैनन्। डिफेन्डर सेड्रिक र मिडफिल्डर बर्नार्डो सिल्भा पनि चोटका कारण सुरुवातदेखि खेल्नेमा शंका रहेको छ।

चिलीको लागि भने टोलीमा केहि समस्या रहेको छैन। अष्ट्रेलियाविरुद्धको खेलमा डिफेन्डर ग्यारी मेडेल चोटका कारण विश्राममा बसेका थिए। प्रशिक्षक जुआन एन्टोनियो पिज्जीले यस खेलका लागि मेडेल उपलब्ध रहने बताएका छन्। यसैगरी अष्ट्रेलियासँगको खेलमा कप्तान एवं गोलरक्षक क्लाउडियो ब्राभोले पनि पुनरागमन गरेका छन्। पहिलो २ खेलमे वैकल्पिक खेलाडीका रुपमा बेन्चमै रहेका उनले पोर्चुगलविरुद्ध सुरुवात गर्ने सम्भावना प्रबल छ।

खेल नेपाली समयानुसार रातको ११:४५ बजे सुरु हुनेछ।

March 6, 2025

महावीर सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा

सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई‌ बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]

March 6, 2025

एपिएफ महिला गोल्डकपको उपाधि नजिक

दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]

March 6, 2025

काठमाडौ रेजर्समा सियरा लियोनका स्ट्राइकर

काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]

Success

Thank you for your time.