8 years ago
June 27, 2017
एजेन्सी – बार्सिलोनाले आर्सनलका राइट ब्याक हेक्टर बेल्लेरिनलाई आफ्नो क्लबमा भित्र्याउन अन्तिम प्रयास गर्ने भएको छ। बार्सिलोनाबाटै केहि वर्षअघि आर्सनल पुगेका बेल्लेरिन हाल स्पेनको टोलीसँग युरोपेली यू२१ च्याम्पियनसिपमा व्यस्त छन्।
बेल्लेरिन आफैंले पनि बार्सिलोना फर्कन चाहेको स्वीकार्दै आएका छन्। तर दुइ क्लबबीच सम्झौता नमिलेसम्म बेल्लेरिन आर्सनलबाटै खेल्नुपर्ने छ। उनले आर्सनलसँग सन् २०२३ सम्मको सम्झौता गरिसकेका छन्। आफ्नो मुख्य खेलाडीहरुले साथ छाड्ने दबाव आइरहेको बेलामा आर्सनलले बेल्लेरिनलाई जना दिने सम्भावना न्यून छ।
यता बार्सिलोना भने ड्यानी आल्भेसले क्लब छाडेदेखि उक्त पोजिसनमा नयाँ खेलाडीको खोजीमा रहेको छ। एलेक्स भिडाल र सर्जी रोबर्टोले उक्त पोजिसनमा खेल्दै आएपनि दुवैको प्रदर्शन उल्लेख्य रहन सकेको छैन। बेल्लेरिनलाई भित्र्याउन सकेको खण्डमा लामो समयसम्म बार्सिलोनालाई राइट ब्याकको चिन्ताबाट सताउने छैन।
बेल्लेरिनसँगै पोल्याण्डमा यू२१ च्याम्पियनसिपमा खेलिरहेका बार्सिलोनाका मिडफिल्डर डेनिस सुआरेजले पनि बेल्लेरिनलाई क्लबमा फिर्ता ल्याएर सँगै खेल्ने चाहना प्रकट गरेका छन्। ‘बार्सिलोनामा समर्थकहरुले उत्कृष्ट खेलाडीको चाह राख्दछन्। बेल्लेरिन उक्त पोजिसनका लागि ठिक हुने खेलाडी पनि हुन्। क्लबले उत्कृष्ट खेलाडीहरुलाई सधैं स्वागत गर्दै आएको छ।’
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]