8 years ago
June 27, 2017
एजेन्सी – चिलीका मिडफिल्डर आर्टूरो भिडालले पोर्चुगलविरुद्धको सेमिफाइनल खेल अगाडी कप्तान क्रिस्टियानो रोनाल्डोलाई इंगित गर्दै आक्रमक अभिव्यक्ति दिएका छन्। फाइनल प्रवेशका लागि पोर्चुगल र चिली बुधबार रातीको खेलमा आमनेसामने हुँदैछन्।
भिडालले रोनाल्डोको विषयमा बोल्दै उनलाई रोनाल्डोको उपस्थितिले केहि फरक नपर्ने पनि बताए।’रोनाल्डो बढी देखावटी गर्ने खेलाडी हुन्। उनको उपस्थितिले मलाई केहि फरक पर्दैन। मैले जर्मनीका किम्मिचलाई फाइनलमा फेरी जर्मनी र चिलीले नै खेल्नेछन् भने भनिसकेको छु।’
यसअघि यी दुइ खेलाडीबीच खासै ठुलो खबर केहि नभएपनि गत सिजन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न र रियलको खेल हुँदा रियल जित हात पार्दै अर्को चरणमा पुगेको थियो। त्यस समयमा रोनाल्डोले दिएको अभिव्यक्तिले बायर्नका खेलाडीहरु निराश भएका हुनसक्ने अनुमान गरिएको थियो। उक्त खेलमा बायर्नका भिडालले रातो कार्ड पाउँदै मैदान छाड्नु पारेको थियो।
कन्फेडेरेसन कपको पहिलो सेमिफाइनल खेलमा चिली र पोर्चुगल भिड्दैछन् भने दोश्रो खेलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ।
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]