8 years ago
June 26, 2017
एजेन्सी – एएस मोनाकोका युवा खेलाडी किलियन बाप्पेलाई रियल म्याड्रिडमा ल्याउन स्पेनिस क्लबले आफ्नो एक मुख्य खेलाडीलाई बेच्नैपर्ने अवस्था सिर्जना भएको छ। बाप्पेले रियलमा आवद्ध हुनका लागि राखेको शर्तका कारण यो अवस्था आइपरेको हो।
एएस मोनाकोका लागि गत सिजन उत्कृष्ट प्रदर्शन गर्दै लिग वानको उपाधि दिलाएका बाप्पे हाल म्याड्रिडको नजरमा रहेका छन्। उनलाई भित्र्याउन क्लबले विश्व कीर्तिमानी रकम तिर्ने तरखर गरेको बुझिएको छ। तर, बाप्पेले भने आफु सुरुवाती एघारमा खेल्न पाउने पक्का भएमात्र म्याड्रिडमा जाने मनासय बनाएका छन्। उनले आफु वैकल्पिक खेलाडीको रुपमा बस्ने इच्छा नरहेको जताए।
म्याड्रिडले पनि क्रिस्टियानो रोनाल्डो, करीम बेन्जेमा र ग्यारेथ बेलमध्य एक खेलाडीलाई बेच्ने अथवा सुरुवाती एघारबाट हटाएमात्र बाप्पेलाई क्लबमा भित्र्याउन सक्छ। क्लबले बाप्पेलाई उनको लागि सुरुवाती एघारमा स्थान रहने बताउँदै मोनाकोसँग स्थानान्तरणको सम्झौताका लागि कुरा अघि बढाएको छ।
यसअघी नेयमारलाई पनि यस्तै अवस्थामा भित्र्याउन नसक्दा उनि बार्सिलोना लागेकाले म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज बाप्पेलाई भित्र्याउन म्याड्रिडले कुनै कसर नछाड्ने बुझिएको छ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]