8 years ago
June 26, 2017
एजेन्सी – म्यानचेस्टर युनाइटेडले चेल्सीका मिडफिल्डर नेमान्जा माटीचलाई आफ्नो क्लबमा भित्र्याउने तयारी गरेको छ। युनाइटेड र चेल्सीबीच खेलाडीको स्थानान्तरण रकमको सम्झौता भैसककेको छ र अब युनाइटेडले खेलाडीसँग अन्तिम सम्झौता गर्न बाँकी रहेको छ।
२८ वर्षे माटीचलाई भित्र्याउन युनाइटेडले ४० मिलियन पाउण्डको हाराहारीमा खर्च गर्ने बुझिएको छ। हाल म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रहेका जोसे मोउरिन्होले सन् २०१४ ताका चेल्सीमा छँदा माटीचलाई क्लबमा ल्याएका थिए। त्यस समय चेल्सीले बेन्फिकालाई २१ मिलियन पाउण्ड तिरेको थियो। माटीचको आगमनसँगै युनाइटेडको नयाँ सिजनका लागि यो दोश्रो खेलाडी अनुबन्धन हुनेछ। यसअघी बेन्फिकाका डिफेन्डर भिक्टर लिन्डेलफ ३० मिलियन पाउण्डमा युनाइटेड भित्रिसकेका छन्।
उता चेल्सीका प्रशिक्षक एन्टोनियो कोन्टेले भने माटीचको स्थानमा एएस मोनाकोका मिडफिल्डर टिमोए बाकायोकोलाई क्लबमा ल्याउन चाहेका छन्। गत सिजन मोनाकोले लिग जित्दा महत्त्वपूर्ण भूमिका खेलेका बाकायोको अपनी चेल्सीमा आउन इच्छुक रहेका छन्।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]