8 years ago
June 26, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत आइतबारका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भैसकेका छन्। सेमिफाइनल समिकरण पुरा भएसँगै अर्को चरणमा प्रवेश गर्ने चारै टोली तयारीमा जुटिसकेका छन्।
समूह ‘ए’बाट पोर्चुगल र मेक्सिकोले सेमिफाइनलमा स्थान बनाए भने समूह ‘बी’बाट जर्मनी र चिली दोश्रो चरणमा पुगेका छन्। सेमिफाइनलमा जर्मनीले मेक्सिकोसँग खेल्नेछ भने पोर्चुगलले चिलीको सामना गर्दैछ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेका ५ खेलाडीहरुको नाम यसप्रकार छ:
५. आन्द्रे सिल्भा:
पोर्चुगलका फरवार्ड आन्द्रे सिल्भाले जारी प्रतियोगितामा खेलेका ३ मध्य १ खेलमा गोल गरेका छन्। पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सिल्भाले पछिल्ला २ खेलमा भने राम्रो प्रदर्शन गरेका छन्।
४. टिमो वेर्नर
जर्मनीका युवा फरवार्ड वेर्नरले घरेलु लिगमा आरबी लेप्जिगका लागि प्रहार गरेको गोलको गतिलाई यहाँ पनि निरन्तरता दिएका छन्। पहिलो खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले राम्रो प्रदर्शन गरेपनि दोश्रो खेलमा विश्राम लिए। तेश्रो खेलमा क्यामरुनविरुद्ध २ गोल गरेका वेर्नर आशालाग्दा प्रतिभा हुन्।
३. अलेक्सीस स्यान्चेज
पहिलो खेलमा चोटका कारण दोश्रो हाफमा मैदान प्रवेश गरेका स्यान्चेजले चिलीको पहिलो गोलमा असिस्ट दिएका थिए। दोश्रो खेलमा जर्मनीविरुद्ध गोल गर्दै चिलीका लागि सर्वाधिक गोलकर्ता बनेका स्यान्चेजले अन्तिम खेलमा अष्ट्रेलियाविरुद्ध पनि राम्रो प्रदर्शन गरेका थिए।
२. लार्स स्टीन्डल
पहिलो खेलमा जर्मनीका लागि पाँचौ मिनेटमा गोल गरेका स्टीन्डलले चिलीविरुद्धको दोश्रो खेलमा स्ट्राइकरको भूमिका निर्वाह गर्दै जर्मनीका लागि बराबरी गोल गरेका थिए। तेश्रो खेलमा विश्राम पाएका स्टीन्डलले सिनियर खेलाडीको अनुपस्थितिमा जर्मनीका लागि आशातित प्रदर्शन गर्दै आएका छन्।
१. क्रिस्टियानो रोनाल्डो
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल र १ असिस्ट सहित पोर्चुगलको अपराजित यात्रामा राम्रो साथ दिएका छन्। पहिलो खेलमा करेज्मालाई असिस्ट दिएका रोनाल्डोले रसिया र न्युजील्याण्डविरुद्धको जितमा गोल गरेका थिए। यहि प्रदर्शनलाई जारी राख्दै रोनाल्डो यस प्रतियोगिताको गोल्डेन बुट जित्ने धुनमा रहनेछन्।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]