8 years ago
June 27, 2017
रसिया (एजेन्सी)– रुसमा जारी कन्फेडेरेसन कपअन्तर्गत समूह चरणका खेल समाप्त भइसकेका छन् । समुह ‘ए’ बाट युरोपियन च्याम्पियन पोर्चुगल विजेता र मेक्सिको उप विजेता तथा समुह ‘बी’ बाट विश्व कप विजेता जर्मनी विजेता र चिली उप विजेताका रुपमा अन्तिम चारमा पुगिसकेका छन् ।
समूह चरणका १२ खेलमा प्रति खेल २.८३ को औसतले ३४ गोल भए । पोर्चुगल र जर्मनीले सर्वाधिक समान ७ गोल गरे । न्यूजिल्यान्डले ३ खेलमा १ गोल मात्र गर्न सक्यो । ३ खेलाडीले समान २ गोल र २७ खेलाडीले १ गोल गरे । न्यूजिल्यान्डका माइकल बाकसलको नाममा एउटा आत्मघाती गोल रह्यो ।
समूह चरणमा २ गोल गर्ने खेलाडी
लार्स स्टिन्डल
१. लार्स स्टिन्डल – स्टिन्डल जर्मनीको लिगमा बोरुसिया मोन्चेनग्लाबाकबाट खेल्छन् । ह्यानओभर ९६ मा ५ सिजन बिताएका २८ बर्षे स्टिन्डल सन् २०१५ मा मोन्चेनग्लाबाकमा आबद्ध भएका थिए । २०१६/१७ को सिजनमा राम्रो प्रदर्शन गर्न सफल स्टिन्डल जर्मनीको राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । कन्फेडेरेसन कपअघि डेनमार्कसँगको मैत्रीपूर्ण खेलमा उनले राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए ।
स्टिन्डलले कन्फेडेरेसन कपमा अस्ट्रेलियाविरुद्धको ३–२ को जितमा टोलीका लागि पहिलो गोल गरे । त्यस्तै चिलीसँग १–० ले पछि परेको खेलमा जर्मनीका लागि उनले नै बराबरी गोल गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि अहिले सम्म ४ खेल खेल्दा २ खेल कन्फेडेरेसन कपकै हुन् ।
टिमो वेर्नर
२. टिमो वेर्नर – जर्मनीका २१ बर्षे फरवार्ड टिमो वेर्नरले पनि जारी प्रतियोगितामा २ गोल गरिसकेका गोल गरि सकेका छन् । जर्मनीका लागि सबै उमेर समूहको प्रतियोगिता खेलिसकेका टिमोले यसै बर्ष राष्ट्रिय टोलीमा पर्न सफल भएका थिए । उनले यस सिजन २१ गोल गर्दै लेपजिगलाई बुन्डेसलिगामा दोस्रो स्थान दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कन्फेडेरेसन कपमा अस्ट्रेलियाविरुद्ध ५७ मिनेटमा स्यान्ड्रो वाग्नरको ठाँउमा पहिलो पटक मौका पाएका वेर्नरले चिलीविरुद्धको खेल भने खेल्न पाएनन् । ३–१ ले क्यामरुनविरुद्ध समूह चरणको अन्तिम खेल जित्दा पुरै समय खेलेका उनले २ गोल गरेका थिए ।
क्रिस्टियानो रोनाल्डो
३. क्रिस्टियानो रोनाल्डो – पोर्चुगल समूह विजेता बन्दै सेमिफाइनल पुग्दा रोनाल्डोले २ गोल गरिसकेका छन् । मेक्सिकोसँग २–२ को बराबरी खेलेको पोर्चुगलका लागि असिस्ट गरेका रोनाल्डोले त्यसपछिका २ खेलमा गोल गरेका थिए । आयोजक रसियासँगको १–० को जितमा गोल गरेका उनले न्यूजिल्यान्डविरुद्ध ४–० को जितमा पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । पोर्चुगलका लागि त्यो उनको ७५ गोल थियो ।
March 6, 2025
विराटनगर (हाम्रो खेलकुद)- विभागीय टोली नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरको सहिद रंगशालामा बिहीवार भएको दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता समेत रहेको अर्को विभागीय टोली एपीएफ एफसीलाई २-० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको हो । पुलिसका अरुण गाहा र मनिष सेढाईले गोल गरे । उज्वल […]
March 6, 2025
सुमन अधिकारी, बुटवल महावीर क्लब, काठमाडौं रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हनाम बिएफसी चितवनलाई बिहीवार भएको क्वाटरफाईनलमा २-० ले हराउँदै महावीर अन्तिम चारमा पुगेको हो। महावीरका लागि दुवै गोल सुरज थारुले गरे। १८ औ मिनेटमा महावीरका सुरजले गोल गर्दै अग्रता दिलाए । ६२ औं मिनेटमा सुरजले अर्को गोल […]
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]