8 years ago
June 26, 2017
एजेन्सी – फिफा कन्फेडेरेसन कप अन्तर्गत शनिबार रातीका खेलसँगै समूह चरणका सम्पूर्ण खेलहरु समाप्त भएका छन्। यससँगै दुवै समूहबाट समूहको विजेता र उपविजेताको पनि छिनोफानो भइसकेको छ।
समूह ‘ए’बाट पोर्चुगल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ भने मेक्सिको उपविजेताको रुपमा अर्को चरण पुगेको छ। आयोजक रसिया र न्युजिल्याण्ड भने पहिलो चरणबाटै बाहिरिएका छन्। अर्को समूहबाट विश्वकप विजेता जर्मनी शीर्षस्थानमा रहन सफल भयो भने चिलीले दोश्रो स्थान कब्जा गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। यस समूहबाट क्यामरुन र अष्ट्रेलिया पहिलो चरणबाटै घर फर्केका छन्।
सेमिफाइनलका खेल अन्तर्गत बुधबार हुने पहिलो सेमीफाइनल खेलमा पोर्चुगलले चिलीको सामना गर्नेछ भने त्यसको भोलिपल्ट बिहिबार मेक्सिकोले जर्मनीसँग खेल्नेछ। सेमिफाइनलमा पराजित हुने टोलीहरुले आइतबार हुने पहिलो खेलमा तेश्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् भने विजयी टोलीहरुले त्यसै दिनको दोश्रो खेलमा उपाधिको लागि भिड्नेछन्।
March 6, 2025
दिपक बोहोरा, इलाम नेपाल पुलिस क्लबलाई झिनो अन्तरले हराउँदै एपिएफ एफसी इलाममा जारी दोस्रो करेन्ट अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको फाइनलमा पुगेको छ । रश्मिकुमारी घिसिङले गोल बिहीवार पुलिसलाई १-० ले पराजित गर्दै एपिएफ उपाधि नजिक पुगेको हो । गत महिना पुलिसलाई नै हराएर एपिएफ एन्फा महिला लिगको च्याम्पियन बनेको थियो। रश्मिले ३४औं मिनेट गोल गरिन् […]
March 6, 2025
काठमाडौं (हाम्रो खेलकुद ) – नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्स एफसीले सियरा लियोनका अन्तर्राष्ट्रिय खेलाडी मोहम्मद बुया टुरेलाई अनुबन्ध गरेको छ। रेजर्सले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै टुरेलाई टोलीमा भित्राएको जनाएको हो। ३० वर्षीय फरवार्ड टुरेसँग स्विडेन, चीन र संयुक्त राज्य अमेरिकाको शीर्ष लिग खेलेको अनुभव छ। अहिले उनी अमेरिकी दोस्रो […]
March 6, 2025
एजेन्सी – फिफा क्लब विश्वकप २०२५ मा सहभागी टोलीहरूले ठूलो पुरस्कार जित्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा भाग लिने ३२ टोलीको लागि पुरस्कार राशी कुल १ अमेरिकी अर्ब डलर रहेको छ। यो हालको फिफा विश्वकपको तुलनामा २.२७ गुणा बढी हो। फिफाको स्विजरल्यान्डको ज्युरिचमा बिहीवार बसेको कार्यकारी समिति बैठकमा क्लब विश्वकपका लागि १ अर्ब डलर पुरस्कार राशी […]