8 years ago
June 26, 2017
एजेन्सी – क्यामरुनमाथि शानदार जित दर्ता गर्दै विश्वकप विजेता जर्मनी समूह चरणमा अपराजित रहँदै फिफा कन्फेडेरेसन कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार रातीको खेलमा जर्मनीले अफ्रिकन च्याम्पियन क्यामरुनलाई ३-१ले पराजित गरेको हो।
सेमिफाइनल पुग्ने सम्भावना बोकेका दुवै टोलीले पहिलो हाफमा निकै प्रयास गरेपनि कुनै टोलीबाट गोल हुन सकेको थिएन। तर, दोश्रो हाफको ४८औं मिनेटमा केरेम डेमिरबाएले गोल गर्दै जर्मनीलाई खेलमा सुरुवाती अग्रता दिलाए। राष्ट्रिय टोलीका लागि पहिलो खेल खेलेका डेमिरबाएले डीबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। क्यामरुनका खेलाडी अर्नेस्ट बुकाले ६४औं मिनेटमा एम्रे च्यानलाई फल गरेबापत रातो कार्ड पाएपछि जर्मनीलाई खेलमा थप सहज भएको थियो। टिमो वेर्नरले ६७औं मिनेटमा गोल गर्दै जर्मनीको अग्रता दोब्बर पारेका थिए। उनले डाइभीङ हेडर गर्दै गरेको प्रहर गोलरक्षकले बचाउन सकेनन्।
तर खेलको नियमित समयको १२ मिनेट बाँकी हुँदा क्यामरुनले खेलमा फर्कने संकेत देखायो। भिन्सेन्ट अबुबकारले क्यामरुनका लागि गोल गर्दै अग्रता घटाएका थिए। तर वेर्नरले खेलमा व्यक्तिगत दोश्रो गोल गर्दै पुन: २ गोलको अग्रता बनाए। थप गोल हुन नसकेपछि जर्मनीले खेल ३-१ले जित्यो।
समूहको अंक तालिकामा २ जित र १ हारसँगै ७ अंक जोडेको जर्मनी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्यो। पुछारमा रहेको क्यामरुन भने समूह चरणबाटै बाहिरियो। जर्मनीले सेमीफाइनलमा मेक्सिकोको सामना गर्नेछ।
March 12, 2025
सन्जोग चाम्लिङ राई सबैभन्दा पहिला ‘अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप’ आयोजनाको लागि एन्फालाई धेरै धन्यवाद । उपाधि जित्न सफल मित्र राष्ट्र म्यानमारलाई बधाई । ३ मित्र राष्ट्रहरुलाई निमन्त्रणा गरेर आयोजना गरेको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपले एउटा उमंग संचार गरेर सकिएको छ । खास गरेर दक्षिण एशियाभन्दा बाहिरका टोलीहरुलाई निमन्त्रणा गर्नु यस च्याम्पियनसिपको सुन्दर पक्ष हो । म्यानमारको सहभागिताले […]
March 12, 2025
एजेन्सी – इन्टर मिलानले फेयनोर्डलाई मंगलवार २-१ ले पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सान सिरोमा भएको दोस्रो लेगको जितसँगै इन्टरले समग्रमा ४-१ अग्रता बनायो। इटालियन टोलीले पहिलो लेगमा २-० को अग्रता लिएको थियो । आठौं मिनेटमा मार्कस थुरामले उत्कृष्ट व्यक्तिगत प्रयासमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए। तर ४२ औं मिनेटअघि जाकुब […]
March 12, 2025
एजेन्सी – बार्सिलोना बेन्फिकालाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। बार्सिलोनाको जितमा लामिन यामाल र राफिन्हा फेरि एक पटक नायक बने। बार्सिलोनाले मंगलवार बेन्फिकालाई ३-१ ले हराउँदै समग्रमा ४-१ को जित दर्ता गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। यामक र राफिन्हा दुवै खेलाडीले एक-अर्कालाई असिस्ट प्रदान गर्दै गोल गरे । […]